28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियथप २२६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

थप २२६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

काठमाडौँ । सोमवार थप २२६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १,७९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए।

नयाँ सङ्क्रमितमध्ये १३ जना महिला र २१३ जना पुरुष रहेका छन् । सङ्क्रमितमध्ये आठ जनाको निधन भइसकेको छ। लगातार एक सयभन्दा बढी सङ्क्रमण पुष्टि भएको सोमवार छैठौँ दिन हो।

गएको छ दिनमा मात्रै १,०२६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो। संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिनु भएको जानकारी अनुसार थपिएका २ सय २६ जनामा २ सय १३ पुरुष र १३ महिला छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सोमबार २२६ कोरोना संक्रमित थपिएका हुन्।

झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए।

पछिल्लो समय भारतबाट ठूलो संख्यामा नेपाली भित्रिएसँगै कोरोनाभाइरसका संक्रमित पनि बढेका हुन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments