नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । शनिबार विहान थप ३२ जना नयाँ संक्रमित थपिएसँगै देशभर संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार कपिलबस्तुमा एक महिला सहित ८ जना, सर्लाहीमा एक महिला सहित १३ जना, बारामा एक महिला, काठमाडौंमा एक पुरुष, रुपन्देहीमा ८ पुरुष र चितवनमा एक पुरुष गरी ३२ जना नयाँ संक्रमित थपिएका छन् ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला, भरतपुरमा परीक्षण गरिएको थियो ।