– नरेश क्षितिज
धरान /बहुजाति,बहुभाषा,बहुधर्म तथा बहु सँस्कृति युक्त मुलुक नेपालमा यतिखेर पहिचानकाे मुद्दा प्रवल रुपमा उठिरहेकाे छ । यसै बिच याक्खा समुदाय भित्रकाे एक बंशज जाे पहिचान र अस्तित्व रक्षाका निम्ति संगठित भएका छन् ।
फागुन २७ गते सुनसरीकाे धरान स्थित गीता मन्दिरमा भएकाे एक भेलाले प्रेम बहादुर थायुमकाे अध्यक्षता थायुम बंश उत्थान केन्द्रीय समिति गठन गरेकाे छ । नवगठित समितिमा अध्यक्ष प्रेम बाहादुर थायुम (ईलाम) सहित उपाध्यक्षमा भीम कुमार थायुम (चितवन), सचिवमा मनाेज थायुम (संखुवासभा), काेषाध्यक्षमा विष्णु कुमार थायुम (झापा), सदस्यहरुमा ढकल थायुम (धनकुटा), निलम थायुम (काठमाण्डाैँ), विन्दु थायुम (सुनसरी),काेपीला पाम्फु थायुम (सुनसरी),अशाेक थायुम (संखुवासभा),शान्तकुमार थायुम (नवलपरासी),सुवाष थायुम (संखुवासभा),रुपेश थायुम (माेरङ),शिला थायुम (संखुवासभा) लगायत रहेका छन् । प्रेम बहादुर थायुमकाे अध्यक्षता एवम् काेयाेङ्वा बंश उत्थान समाजका केन्द्रीय अध्यक्ष तथा किराँत याक्खा छुम्माका धरान उपमहानगर समिति अध्यक्ष हेमराज जिमी (काेयाेङ्वा) काे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा छाला बंश एकता समाजका सचिव लाल बहादुर छाला तथा काेषाध्यक्ष डिक बहादुर छाला पनि अतिथी रहेका थिए । कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथी हेमराज जिमी (काेयाेङ्वा) ले सम्पूर्ण पहिचानवादीहरु यसरीनै एकजुट र संगठित भए मात्र मुलुकमा साँचाे अर्थमा संघीयता आउने बताए ।