26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
Homeसमाचारदलित/शिल्पी महासंघमा मुदेल   

दलित/शिल्पी महासंघमा मुदेल   

झुम्का( सुनसरी)/तत्कालिन संघीय समाजवादी फाेरम नेपाल सम्बद्ध शिल्पी महासंघ र नयाँ शक्ति नेपाल सम्वद्ध दलित शक्ति नेपाल विच प्रदेश स्तरिय समिति समायाेजन भएकाे छ । उक्त समायाेजन भेलाले वालकुमार मुदेलकाे अध्यक्षतामा ५१ सदस्यीय समाजवादी दलित/शिल्पी महासंघ १ नं प्रदेश समिति चयन गरेकाे छ । समाजवादी पार्टीकाे रामधुनी नगर कमिटीकाे कार्यालयमा  सम्पन्न उक्त समायाेजन भेलाले समानुपातिक समावेशीका अाधारमा ३ उपाध्यक्ष,काेषाध्यक्ष र  केही सदस्यहरु पछि थप गर्ने गरि ५१ सदस्यीय प्रदेश कमिटी चयन गरेकाे छ । अध्यक्ष मुदेल सहित उपाध्यक्षहरुमा मणि घतानी,जीतेन्द्र ऋषीदेव मुख्य सचिवमा पशुपति पासवान,सचिवमा राज खत्वे सदस्यहरुमा कृष्ण शंकर,विकास विक,अनुपा मग्राती,गाेपाल घतानी,ध्रुव विक,संजीला परियार,निलम नेपाली,लालचन ऋषीदेव,मिना विक,सीता सरदार,माणिकचन ऋषीदेव,सुखमाया विसुङ्के,राजीमान पाैडेली,उषा राम,प्रीतनारायण राम,देवकुमार विक,उमेश पासवान,किरमदेवी पासवान,अशाेक पासवान,दुर्गानन्द माेची,कञ्चन पासवान,सुनितादेवी काेतवाल,मन वा. विक,शाेभा भूसाल,सुकदेव पासवान,भीम बराईली,गणेश विक,महेन्द्र खत्वे लगायत रहेका छन् । समाजवादी दलित/शिल्पी महासंघकी केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं १ ईन्चार्ज सुनिता मरिक (डाेम) काे अध्यक्षता एवम् समाजवादी पार्टीका केन्द्रीय सचिव पर्शुराम बस्नेतकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रमका विशेष अतिथीमा दलित/शिल्पी महासंघका केन्द्रीय सहईन्चार्ज चन्देश्वर पासवान रहनु भएकाे थियाे । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य द्वय पदम अधिकारी,उमेश थापा,प्रदेश कमिटीका सदस्यहरु एवम् शिल्पी विशेष समिति प्रदेश नं १ का अध्यक्ष नरेश विश्वकर्मा “क्षितिज”,लिम्बुवान राष्ट्रिय समिति सदस्य कृष्ण लिम्बू लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम संचालन वालकृष्ण मुदेलले गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments