दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृ:त्यु भएको छ । जिल्लाको दंगीशरण गाउँपालिकाका ५९ वर्षीय शालिकराम वलीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । शनिबार बेलुका सात बजेतिर तुलसीपुर उपमहानगरपालिका-६ उच्चअदालत अगाडि दुर्घटना भएको हो । दक्षिणतर्फ जाँदै गरेको रा १ प ८६२३ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका वलीलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका वलीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । उनलाई थप उपचारका बाँके लैजाने क्रममा बाटोमै मृ:त्यु भएको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए ।
मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानएको छ ।