23.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedदिब्य रोशनि साप्ताहिकद्वारा राहत हस्तान्तरण

दिब्य रोशनि साप्ताहिकद्वारा राहत हस्तान्तरण

धरान/ धरानबाट प्रकाशित भैरहेको दिव्य रोशनी साप्ताहिक पत्रीकाले १६ वार्षिक उत्सवमा फुड बैकमा राहत उपलब्ध गराएको छ।

कोरोनाबाट प्रभावित निम्न बर्गलाई राहत बितरण गर्ने उद्देश्यले धरान उपमहानगरले फुड बैंक स्थापना गरेका थिए।फुड बैकमा सोमबार १६ वर्षमा प्रवेश गरेको दिव्य रोशनी साप्ताहिकले  ४ सय के.जी. चामल र १० के.जी. न्युटेला उपलब्ध  गरेको छ ।

राहतलाई उपमहानगरका मेयर तिलक राईले बुझेका हुन।राहत बुझ्दै मेयर राइले पत्रकारिताको माध्यमबाट पत्रकारहरुले सरकारका हरेक कामको समिक्षा गरेर योगदान पुर्‍याउनका साथै समाजका घटनाहरुलाई जस्ताको तस्तै उजागर गरेर समाजलाई सही ढंगले अघि वढ्न भुमिका खेलेको बताए । उनले मिडिया हासउ र मिडियाकर्मीसँग समन्वय गरेर काम गर्ने बताए ।
राहतलाई पत्रीकाका सम्पादक मनिता चाम्लिङ र प्रवन्धक सागर सिङ्जालिले संयुक्त रुपमा हस्तान्तरण गरेको हो। सोमबार नै उक्त पत्रिकामा कार्यरत ४ जना पत्रकारहरुका लागि २५ के.जी.का दरले चामल, १/१ के.जी. तेल, नून र न्युटेला समेत राहत सहयोग प्रदान गरेको प्रबन्ध निर्देशक सागर सिंजलीले बताए । उनले सहयोग घर घरमा पुगेर प्रदान गरेको समेत बताए ।
सम्पादक मनिता चाम्लिङले बार्षिक उत्सवमा दिइदै आएको पत्रकारिता पुरस्कारको रकमबाट राहत सामाग्री हस्तान्तरण गरेको बताइन् । उनले यस वर्ष पत्रिका पाठकलाई पुरस्कार दिने समेत बताएकी छिन् ।

उक्त पत्रिकाले हरेक वर्ष सम्पादक तथा प्रकाशक मनिता चाम्लिङका पिता क्वीन गोर्खा ईञ्जिनियरिङ सार्जन्ट प्रभुराम राईको स्मृतिमा २ जना पत्रकार र उनकै दिवंगत कान्छा दाजु बाजुन राईको स्मृतिमा १ जना पत्रकारलाई ५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार प्रदान गर्दै आएको थियो । त्यसैगरी बार्षिक उत्सवकै अवसरमा २ जना समाजसेवीहरुलाई समेत अभिनन्दन गर्दै आएको थियो ।

उक्त पत्रिकाले वार्षिक उत्सवका अवसरमा अहिलेसम्म पत्रकारहरु भवानी वराल, गोपाल देवान, गिरीराज आचार्य, हर्ष सुव्वा, केशव घिमिरे, जनकऋृषि राई, महेश श्रेष्ठ, लम्जेल सङ्घर्षशील, रणध्वज लोहार, गोविन्द वस्नेत, रोहित राई, दिनेश गजमेर,रत्नप्रसाद आचार्य, निलिफा सुव्वा, सिता मादेङवा, भरतराज शर्मा, जमुना श्रेष्ठ, लक्ष्मी दर्नाल, सुम्निमा चाम्लिङ र तारा लाम्गादेलाई सम्मान तथा पुरस्कार प्रदान गरिसकेको छ । त्यसैगरी विभिन्न वार्षिक उत्सवको अवसरमा समाजसेवीहरु सरला कायस्थ, किशोरकुमार कार्की, जय श्रेष्ठशान्ति, भिष्म चेम्जोङ्, हर्षु राई, पुर्णवहादुर गु्रुङ, अकलवहादुर मेन्याङ्बो, मिना पुलामी, विद्या शाक्य, राजीव हलुवाई, मधु स्थापित र सविता राईलाई अभिनन्दन गरिसकेको छ ।

आफ्नो १६ औं वार्षिक उत्सवसम्म आईपुग्दा सो पत्रिका अनलाईन संस्करणमा समेत प्रकाशन हुनका साथै दिव्य रोशनी एप्स समेत सञ्चालनमा ल्याएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments