24.9 C
Kathmandu
Monday, September 25, 2023
HomeUncategorizedदुई अर्व सत्र करोडको एडिवी खानेपानी आयोजना पचाउने चलखेल

दुई अर्व सत्र करोडको एडिवी खानेपानी आयोजना पचाउने चलखेल


धरान/ बिबाद र चर्चामा रहेको धरानको खानेपानी परियोजना २ अर्व १७ करोडको लागत पचाउन चलखेल गरेको भन्दै वित्तीय लेखापरिक्षण र प्राबिधिक लेखापरिक्षण गर्न माग गरिएको छ ।पछिल्लो समयमा एडीबी ऋण सहयोगमा रहेको को धरानको खानेपानी परियोजना असफल भएको निस्कर्ष बाहिर आइरहेको बेला धरानका खानेपानी उपभोक्ताले यसमा चलखेल भएको आरोप लगाएको छ।

धरानको खानेपानी परियोजना सप्ताकोशिबाट ल्याउनुपर्ने अडान रहेका थिए ।तर आयोजनाले भूमिगत पानि नै पर्याप्त हुने सुझाएपछी त्यहि अनुसार परियोजना कार्यान्वयनमा ल्याएको हो ।तर परिणाम भूमिगत पानि सफल हुन्छ भनेर ११ बुदे सहमति गरेको बिपरित भएको छ । सहमति अनुसार न त पानी आयो न त खानेपानी समस्या नै समाधान भयो ।भयो त धराने जनतालाई केवल रिनको भार मात्र ।

पछिल्लो समय धरानका खानेपानी उपभोक्ताले  आयोजना ल्याउने चरण देखि र जिम्मा लिने चरणसम्म चलखेल भएको बताएका छन् । सप्ताकोशिबाट खानेपानी खानेपानी ल्याउन उपयुक्त हुन्छ भन्ने सस्थानका प्रमुख दिपक श्रेष्ठलाई सरुवा गर्नु पनि पहिलो चलखेल भएको दाबि गरिएको छ । नेपाल खानेपानी संस्थान धरान शाखाका तत्कालीन प्रमुख दिपक श्रेष्ठलाई रातारात सरुवा गर्नु, धरान उपमहानगरपालिकामा कार्यकाल पूरा गरी गएका टिकादत्त राईलाई नै कार्यकारी अधिकृतमा पुनः ल्याउनु, सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति मार्फत आयोजनाको व्यापक जनविरोध हुंदासमेत मन्त्रालय, राजनीतिक दल, नागरिक समाज, पानी विशेषज्ञ तथा प्राविधकहरुले आयोजनाको पक्षमा वकालत गर्नु र हाल आएर आयोजनाले डि.पि.आर. बमोजिम खानेपानी उत्पादन र वितरण गर्न नसक्नु, र सन् २०३१ सम्मका लागि डिजाईन गरिएको आयोजनाको परीक्षणकालकै चरणमा दुईवटा डिप वेल थप्दा समेत लक्ष्य बमोजिम उत्पादन र वितरण हुन सक्ने अवस्था विद्यमान नरहंदा नरहंदै आयोजना जिम्मा लिइनुले आयोजनामा व्यापक चलखेल भएको प्रमाणित भएको दाबि गरिएको छ।

यस बिषयमा आयोजना अनुगमन समितिका संयोजक एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले धरानका जनता तथा उपभोक्ताहरुले लगाएको आरोपलाई सिधै गलत भन्न नसकिने बताए । गोलेले  आयोजनाको फिनान्सीयल अडिट र टेक्निकल अडिट(वित्तीय लेखापरिक्षण र प्राबिधिक लेखापरिक्षण) गरेर मात्र आयोजना जिम्मा लिने वा नलिने निर्णय गरिनुपर्ने बताए । रेलवे सिष्टममा २६ एल.पि.एस. (दैनिक २२ लाख ४६ हजार ४ सय लिटर) तथा पिण्डेश्वर सिष्टम र सुम्निमा सिष्टममा ९४ एल.पि.एस. (दैनिक ८१ लाख २१ हजार ६ सय लिटर) गरी जम्मा दैनिक १ करोड ३ लाख ६८ हजार लिटर पानी उत्पादन गरी दैनिक २४ सै घण्टा ७ मिटरको प्रेसरमा मिनरल वाटर जस्तो गुणस्तरीय पानी वितरण गर्ने आयोजनाको डिजाईन तथा डि.पि.आर. मा स्पष्ट उल्लेख गरिएको भएतापनि यथार्थमा औसत ६२ लाख लिटर पानी उत्पादन भईरहेको, दैनिक एवम् नियमित पानी वितरण नभएको र ट्याङ्करवाट समेत पानी वितरण गर्नुपरिरहेको अवस्था रहेको उनले बताए । हाल डिजाईन तथा डि.पि.आर. बाहेक पछि थपिंदै गरिएको दुईवटा वेलको पानी थप गरेर तथा अनुगमन समितिसंग कुनै समन्वय र सहकार्य नगरी आयोजनाको कम्जोरी ढाकछोप गर्न धरान उपमहानगरपालिका र धरान खानेपानी व्यवस्थापन बोर्ड उद्दत रहेको पाईएको उनले बताए । सुजेन्द्र गोलेले  फुस्रेस्थित वाटर ट्रिटमेन्ट तथा फिल्टर प्लान्टको पनि परीक्षण तथा अनुगमन गर्न आवश्यक देखिएकाले यसको परीक्षण वर्षायाम लागेपछि असार साउनमा मात्र गरिनुपर्ने समेत बताएको छ /

 

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments