20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराष्ट्रियदुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, तीनजना घाइते

दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, तीनजना घाइते


काठमाडौंमा । काठमाडौंको टोखा नगरपालिका–२ पञ्चेटारमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्।

विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल बिहान पाँच बजे आपसमा ठक्कर खाँदा दुर्घटना भएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

राससका अनुसार बा८५प ५६६ र बा ९१ प ११८८ नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन्। मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेका प्रहरीले जनाएको छ। उनीहरु दुबै मोटरसाइकल चालक रहेका पोखरेलले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा अन्य तीन घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइतेको ग्रिनसिटी अस्पताल र गम्भीर अवस्थाका घाइतेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments