26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeराष्ट्रियदुर्घटना हुँदा मोटरसाइकल सवार आमा, छोराको घटनास्थलमै मृत्‍यु

दुर्घटना हुँदा मोटरसाइकल सवार आमा, छोराको घटनास्थलमै मृत्‍यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको दु’र्घटनामा परी दुई जनाको निधन भएको छ। नि’धन हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो । सो दुर्घटनामा परी मोटरसाइकलमा सवार आमा, छोराको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments