23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedदेबि बराइलिको अपरेसन सफल,अझै करिब एक लाख आवस्यक

देबि बराइलिको अपरेसन सफल,अझै करिब एक लाख आवस्यक

वीर अस्पताल ट्रमा सेन्टरमा अपरेसनपछि

निमा पोङ्स्युवा

धरान / गत माघमा आगोले पोलेर घाइते भएका देबि बराईलिको छालाको अपरेसन सफल भएको छ।

आर्थिक अभावका कारण उपचार हुन नसकेको समाचार आएपछि सहयोगी हात बढेसंगै उपचार शुरु भएको हो।काठमाडौको वीर अस्पताल ट्रमा सेन्टरमा गत आइतबार अपरेसनको लागि भर्ना गरिएका थिए। उपचारमा संलग्न रहेका जनता समाजवादी नेता दलमर्दन कामिले देबि बराइलिको तिघ्राको छाला निकालेर टालेको जानकारी दिए।उनले त्यहाँ उपचारको क्रममा दैनिक १० हजार बराबरको खर्छ भएको बताए।अब करिब ३ हप्ता जति अस्पतालमै बस्नुपर्ने डाक्टरले सल्लाह दिएको कुरा उपचारमा संलग्न दलमर्फन कामिले जानकारी दिए।अब दैनिक ३ हजारसम्म खर्च हुने भन्दै करि एक लाख पचास हजार जति लानसक्ने जानकारी दिए।उनले अस्पतालले समेत ठूलो सहयोग गरेको भन्दै अस्पताललाई पनि धन्यवाद दिनुपर्ने बताए।

अपरेसन अघिको घाउ

यसअघि धरान बिराटनगर बराहक्षेत्र लगायतको अस्पतालमा उपचार गराउदा माछाको छाला लगाउनुपर्छ भनेर डाक्टरले सुझाब दिएपछि आर्थिक अभाब भएको थियो । त्यसपछि देबि बराईली उपचार आर्थिक संकलनको लागि नरेश बिकको संयोजकत्वमा समिति बनाएर बराहक्षेत्र धरान पथरी लगायतमा विभिन्न ब्यक्तिको अगुवा तथा संचारगृहको समेत संलग्नमा आर्थिक संकलन भएका थिए।आर्थिक संकलनलाई निरन्तरता दिदै बिरामिलाई दलमर्दन कामिको सल्लाह अनुसार काठमाडौको वीर अस्पतालमा लगिएको हो। आर्थिक संकलन समितिका नरेश बिकका अनुसार अब करिब एक लाख रुपियाँ सहयोग आवस्यक भएको जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments