निमा पोङ्स्युवा
नडाहा (बराहक्षेत्र) / माघ २२ गते आगोले जलेर घाइते भएका देबि बराइलिको उपचारको लागि २ लाख १३ हजार संकलन भएको छ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ का पाँच वर्षीय बराईलिको आर्थिक अभावमा उपचार हुन नसकेको समाचार आएपछि नरेश बिकको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएका थिए। उनको उपचारको लागि शनिबारसम्म २ लाख १२ हजार रुपैया संकलन भएको कुरा आर्थिक संकलन संयोजक नरेश बिकले जानकारी दिएको छ।
https://youtu.be/UWN0vmPPkUU
शनिबार बराईलिको निबास पुगेर धरान पथरी बराहक्षेत्र भित्रबाट संकलन भएका पैसा समितिलाई हस्तान्तरण गरिएको छ।यसरि संकलन गरिएको सहयोग कुल २ लाख १२ हजार पुगेको जनाएको छ।
शुरुदेखी नै संकलन गर्न थालेको आर्थिक सहयोग संकलन गरेकाहरुमा धरानबाट
संयोजक नरेश बि.क. लिलिस पोमु सहितको ४८ हजार ३४० रुपैया चकरघट्टीबाट संयोजक प्रदिप ढकाल मार्फत ३९ हजार ४१५ लक्ष्मी परियार मार्फत ७ हजार ३००/-बराह नगरपालिका ८ हजार,बराहक्षेत्रका महेन्द्र/सम्झना श्रेष्ठ ५ हजार पथरि मिडिया (मेरो मनको टिभी/गरिमा टेलिभिजन) ७० हजार २५ रुपियाँ,कुमारी लिम्बू नहडा मार्फत ३१ हजार ५६४ रुपैया संकलन भएको कुरा बिरामिको घरमा पुगि संचारकर्मी माझ सार्वजनिक गरिएको हो।
यति आर्थिक संकलन भैसकेपछी बिरामीलाई आइतबार नै उपचारको लागि काठमाडौ लाने तयारी भएको कुरा संयोजक नरेश बिकले जानकारी दिए।काठमाडौमा वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको लागि डाक्टरसंग कुरा भएको जनाए । यसका लागि काठमाडौमा रहेका जनता समाजवादिका नेता शिल्पी (दलित) का अभियन्ता दलमर्दन कामिको नेतृत्वमा उपचार सहयोग हुने बताए।वडा समिती तथा नगरपालिकाको सिफारिस समेत बनाएर जाने तयारी भएको भन्दै एम्बुलेन्सको चाँजोपाँजो मिलाउने काम भैरहेको बताए।