निमा पोङ्स्युवा
नडाहा ( बराहक्षेत्र) /आगोले पोलेको पाँच वर्षे देबि बराईलिको उपचार सहयोग गर्न आर्थिक संकलन गर्न एउटा समिति गठन गरेको छ।
बिरामिको बारे मिडियामा समाचार आएपछि बिरामीको उपचारको लागि आर्थिक सहयोग जुटाउन नौ सदस्यीय समिति गठन गरेको छ। नरेश बिकको संयोजकत्वमा सदस्य : कृष्ण लिम्बू
सागर सरगम चेम्जोङ,लिलिस पोमु,कुमार प्रधान,छत्रबहादुर कालिकोटे, नरेश राई,कुमारी लिम्बू,खड्ग लिम्बू रहेका छन।
https://youtu.be/aVcMGU06vKc
शनिबार गठन गरेको समितिले आर्थिक संकलन गर्न थालेको छ।संकलित रकमबाट आइतबार पाँच हजार देबि बराईलिको आमा लक्ष्मी बराईली र उमेश बिकलाई हस्तान्तरण गरेको छ।
समितिले अब आगामी दिनमा जम्मा गरेको रकम एकमुष्ट हस्तान्तरण गरिने बताए।उपचारमा लाग्ने खर्च संकलन भएपछि अस्पतालसम्म बिरामी लगेर भर्ना समेत गराउने लक्ष्य रहेको कुरा समितिले बताए। यस बिचमा बच्चाको उपचार गर्नको लागि सस्तोमा उपचार हुने सरकारी अस्पतालसंग समेत परामर्श गरिने समितिले जनाएको छ।सम्भवत बिरामिलाई काठमाडौको कान्ति बाल अस्पतालमा लाने योजना बनाएको समितिले जनाएको छ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ नडाहा सिमरबन चोकका पाँच वर्षको देबि बराईलिको गत माघ २२ गते घरमा जाडोमा कपडामा आगो लागि पोलिएका थिए।उनको बिराटनगर म्याक्स अस्पताल सहित विभिन्न अस्पतालमा उपचार गराउदा आर्थिक अवस्थाका कारण थप उपचार हुन सकेको छैन।
अस्पतालले छाला टाल्न ( स्किन ग्राफ्टिङ) गर्नुपर्ने जसको लागि माछाको छाला लगाउनुपर्ने भएकोले जसका लागि ५० हजार लाग्ने भएको उनका आमाले बताए।त्यसै गरि सो अवधिमा आईसियुमा राख्नुपर्ने त्यसको चार्ज,त्यसका लागि औषधि खरिद,लगायतको शुल्क सहित करिब २ लाख देखि ३ लाखसम्म लाग्ने अनुमान गरिएको छ।
देबि बराईलिको बाबु आमा आर्थिक अवस्था नाजुक भएको घर समेत नभएको अरुको घरमा भाडामा बस्दै आएको छ।हाल उनिहरु आफ्नै जेठाजुको घरमा बस्दै आईरहेको छ।