22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
Homeसमाचारदेशिलाईन बाटो निर्माण ढिलाई भएको भन्दै डेलिगेसन

देशिलाईन बाटो निर्माण ढिलाई भएको भन्दै डेलिगेसन

निमा पोङ्स्युवा

धरान / धरान ब्यापारीक मुख्य केन्द्र भानुचोक नजिक देशिलाईन बाटोको निर्माण कार्य ढिलासुस्ती र अनुगमन समिति बिहिन भएको भन्दै धरान उपमहानगर डेलिगेसन पुगेको छ।

धरान उपमहानगर वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द श्रेष्ठ सहित राजनितीक दल ब्यापारी सबैको एक टोलि मेयर समक्ष पुगेको हो। देशिलाईनको बाटो निर्माणमा ढिलासुस्ती भएको तथा आवात जावत समेतमा अवरोध भै व्यापारी मार्कामा परेको कुरा मेयर तिलक राई समक्ष राखेका छन। स्थानीय रमेश राईले त्यो बाटोमा बजेट परेर निर्माण कार्य थालनी भए पनि अनुगमन समिती नभएको गुनासो गरे।यस बिषयमा यस अघि भएका कमिकमजोरिलाई महसुस गरिसकेको जनाए।जस्का लागि सबैलाइ समेटेर अनुगमन समिती गठन गर्न माग गरे। अनुगमन समिती नभएकोले नै त्यहाँ आफुखुशी ज्यादतिको रुप लिन थालेको भनेर स्थानिय सहित ब्यापारिले गुनासो गरेको छ।बाटो चाडो सम्पन्न गर्न जनशक्ति कामदार थपेर द्रुतगतिमा काम गर्नुपर्ने माग गरे।बाटोको बिषयले केही दिन अघि देशिलाईनमा झगडा समेत भएको थियो ।

वडा अध्यक्ष माधब गोबिन्द श्रेष्ठले अनुगमनको काम टिएलओलाई जिम्मा दिएको बताए।हाल टिएलोको अध्यक्ष सुधिरसिंघ लिम्बू रहेको वडा अध्यक्षले बताए। हाल बिजुलिको पोल सार्न केही समय लाग्ने भएकोले चाडै काम अघि बढ्ने बताए। ठेकेदारले चैतसम्म सम्पन्न गर्ने समेत कुरा बताएको जनाए।देशिलाईनको बाटोको लागि १ करोड ३३ लाखमा विश्व लिम्बुले ठेक्का लिएको कुरा वडा अध्यक्ष माधब गोबिन्द श्रेष्ठले जानकारी दिए।काम सम्पन्न गर्नको लागि जेठ महिनाको सम्झौता रहेको बताए।

यस बिषयमा मेयर तिलक राइले कसरी हुन्छ आपसी समझदारिमा जानुपर्ने सुझाब दिए।निर्माण कै दौडानमा आफू यस अघि पुगेको भन्दै फेरि पनि त्यहाँ आउने भन्दै अनुगमन समिती नै आवस्यक भए सबैको समझदारीमा बनाएर आफ्नै काम र बाटो हो भन्ने भावनाले अघि बढ्न सुझाव दिए।साथै निर्माण कार्य जसरी भए पनि चाडो सम्पन्न गर्न तर्फ सबैलाई आग्रह गरे।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments