30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियदैलेखमा पीसीआर मेशिनः तीन दिनभित्र परीक्षण

दैलेखमा पीसीआर मेशिनः तीन दिनभित्र परीक्षण

दैलेख । पीसीआर परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित यहाँ पीसीआर मेसिन आइपुगेको छ । संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार आइपुगेको हो।

कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पीसीआर मेसिन आवश्यक भएकाले सांसद शर्माको निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत यस वर्षका लागि ठेक्का खुलाएर बचेको रु एक करोडले मेसिन खरीद प्रक्रिया थालिएको थियो । अहिले मेसिनसँगै एक हजार थान स्वाब सङ्कलन किट पनि आएको छ ।

डा. रवीन खड्कासहित आठ स्वास्थ्यकर्मीको टोलीमा ल्याब टेक्निसियनलगायतको सहभागिता छ । पीसीआर मेसिनको प्राविधिक व्यवस्थापन मध्यपश्चिम बिश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहसहितको टोलीले गर्ने सांसद शर्माले जानकारी दिए । शुरुमा दैनिक तीन सय जनाको जाँच हुने जनाइएको छ ।

कर्णाली प्रदेश सभाका सदस्य अमरबहादुर थापाले जनतालाई कोरोना संक्रमणबाट बचाउन करीब रु ७० लाखको लागतमा आइसोलेसन अस्पताल निर्माण पनि शुरु गरिएको जानकारी दिए ।

यसैबीच कामको खोजीमा भारत गएका दैलेखका ४२ हजार नागरिक जिल्ला भित्रने क्रम बढेको छ । दैलेखमा आएर क्वारेन्टिनमा बसेकामध्ये अधिकांशको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै अहिले दैलेख रेडजोनमा परेको छ । दैलेखमा ७२३ जनामा कोरोना संक्रमण देखिएको छ । रासस

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments