23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराष्ट्रियदैलेख अस्पतालको इमर्जेन्सी वार्ड सिल

दैलेख अस्पतालको इमर्जेन्सी वार्ड सिल

दैलेख अस्पतालको इमरजेन्सी वार्ड शनिबार रातिदेखि सिल गरिएको छ ।

भारतबाट आएका एक युवा क्वारेन्टाइनबाट भागेर स्वास्थ्य कार्यालय दैलेखको इमरजेन्सी वार्डमा उपचार गराएका र उनको आरडिटी परीक्षण गर्दा एण्टिवडी पोजेटिभ देखिएपछि इमरजेन्सी वार्ड सिल गर्नुपरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

उपचारार्थ आएका सुगरका विरामीसमेत रहेका २२ वर्षीय पुरुषमा आरडिटी पाेजेटिभ देखिएकाले सिल गर्नुपर्ने अवस्था आएको अस्पतालका खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिए ।

ती युवालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

अहिले अन्य बिरामीहरूको उपचारका लागि छुट्टै आपतकालिन कक्ष स्थापना गरिएको छ ।

जिल्लामा स्वास्थ्यकर्मीहरुको अभाव भएका बेलामा झनै समस्या उत्पन्न भएको स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments