24.9 C
Kathmandu
Monday, September 25, 2023
HomeUncategorized'द कार्टुन क्रु' फुटेपछि सरोज र आश्मा पुगे डिप्रेसनमा, आएको गालि र...

‘द कार्टुन क्रु’ फुटेपछि सरोज र आश्मा पुगे डिप्रेसनमा, आएको गालि र आलोचनाले करियर सम्झेर भए भावुक (हेर्नुहोस भिडियो)

नेपालको चर्चित डान्सिङ्ग क्रु ‘द कार्टुन क्रु’को ग्रुप सुरुवातबाट नै विवादमा तानिरहेको छ । द कार्टुन क्रु फुटेपछि अहिले दुई जनामा सिमित रहेको अवस्था छ ।द कार्टुन क्रुबाट ४ सदस्यहरु एक महिना अघि बाहिरिएका छन् जसले गर्दा यो ग्रुपले आलोचना सहनु परेको थियो । अहिले द कार्टुन क्रुलाई सरोज अधिकारी र आश्मा विश्वकर्माले अगाडि बढाईरहेका छन् । सरोजमाथि आरोप लाएर जब ४ सदस्य बाहिरिएका थिए, सरोज र आश्मा डिप्रेसनमा समेत पुगेका थिए ।

सबैबाट आरोप र आलोचना पाएपछि डिप्रेसनमा पुगेको तर जीवन यस्तै हो भनेर अगाडि बढेको भन्दै सरोज र आश्माले आफ्नो दुखेसो पोखेका छन् । कुराकानी गर्दै सरोजले भने, “हामीले करोडौ कमायौ भन्दै हामी माथि हिल्लो छ्यापे ।अचम्म लाग्छ युट्युबबाट कसरी करोडौ कमायौ हामीले ? साथिहरुले समेत हामीलाई नबुझी छोडेर गए । छोडेर मात्र गएनन् हामी माथि आरोप लाएर दोषी बनाएर गए । हामी त डिप्रेसनमा समेत पुगेका थियौ ।”

आश्मा विश्वकर्मा भन्छिन्, “साथि भनेको पनि अफ्ठ्यारो समयमा चिनियो । हाम्रो साथ छोडेर गए र आरोप लाए तर कसैले हामीलाई सोध्न फोन गरेनन् बरु सबैले नबुझी दोष लाउदै हिंडे । साथिहरु कसैले पनि खास कुरा के हो भनेर बुझ्न खोजेनन् । जीवन यस्तै हो भनेर सहँदै गईयो । एक समय त यो क्रु छोडेर कत्तै जाउ समेत भएको थियो तर हिम्मत हारेनौ ।”बाकी हेर्नुहोस भिडियोमा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments