धनकुटा / धनकुटा बहुमुखी क्याम्पस धनकुटामा समाजवादी विद्यार्थी युनियन गठन भएको छ।स्मृति राईको अध्यक्षतामा गठन भएको समितिमा २३ सदस्यीय छ्न। धनकुटा बहुमुखी क्याम्पस इकाई समितिको उपाध्यक्षमा सुष्मा राई र देवीका राई, सचिवमा दिल कुमारी तामाङ, सह सचिवमा नमिता लिम्बू र कोषाध्यक्षमा सुजन राई रहेका छन । त्यसैगरी सदस्यीयहरूमा पार्वती राई, बालु कुमारी लिम्बू, सञ्च लावती, सुष्मा लिम्बू , जेनीता राई, दमन्त लिम्बू, अनुरा राई मुना तामाङ लगायत रहेका छन । विद्यार्थी युनियनका केन्द्रीय सचिव रामचन्द्र राई, केन्द्रीय सदस्य वरदान भारत, युवा प्रदेश नं १ का सचिव निशान किराती, विद्यार्थी जिल्ला सचिव बिकाश राई लगायतका उपस्थितिमा गठन गरिएको हो । सचिव राईले विद्यार्थीहरूको बैकल्पिक शक्ति समाजवादी विद्यार्थी युनियन मात्रै रहेको बताएको थियोे भने केन्द्रीय सदस्य वरदान भारतले स.वि.यु. एउटा दियोको रूपमा अौल्याए । उनलेे भने “हाम्रो संगठन दियो जस्तै हो, जसले जलेर उज्यालो दिने गर्दछ । त्यस दियोमा तेल भर्ने काम विद्यार्थीहरूको हो ।”समाजवादी युवा प्रदेश नं १ का सचिव निशान किराँती र विद्यार्थी युनियनका जिल्ला सचिव बिकश राईको समेत उपस्थिति रहेको थियो ।