22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियधरानमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु

धरानमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु

सुनसरी । सुनसरीको धरानस्थित एक घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको धरान-१५ स्थित नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले आगलागीमा परी दुई जनाको मृत्यु भएको पुष्टि गरे ।

उनले भने,आगलागी के कसरी भएको हो यसबारे अनुसन्धान भइरहेको छ ।आगलागीमा परी २ जनाको जलेर मृत्यु भएको छ ।

उनका अनुसार स्थानीय ८७ वर्षीया धनमाया श्रेष्ठ र ५८ वर्षीया सीता श्रेष्ठको आगोले जलेर मृत्यु भएको छ ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments