20.1 C
Kathmandu
Wednesday, November 29, 2023
HomeUncategorizedधरानमा दश दिने औद्योगिक मेला लाग्ने

धरानमा दश दिने औद्योगिक मेला लाग्ने

निमा पोङ्स्युवा

फागुन ५,धरान / सुनसरी उद्योग वाणिज्य संघ धरानले दस दिने औद्योगिक ब्यापार मेला लगाउनेभएको छ।

ब्यापारीक मेला सम्बन्धि सोमबार उद्योग वाणिज्य  संघको कार्यकक्षमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। पर्यटन ,कृषि,सूचना प्रविधि ,कला,संस्कृति,शिक्षा तथा औद्योगिक ब्यापार प्रदर्शनी २०७६ रहने जानकारी दिए।मेला यहि फागुन १५ गतेदेखि २४ गतेसम्म धरानको पब्लिक स्कुलको खेल मैदानमा लाग्ने कुरा मेलाका मुल संयोजक शिबराज श्रेष्ठले जानकारी दिए।दस दिने मेलामा विभिन्न स्थानका हस्तकला,बैज्ञानिक कृषि पद्धति,स्थानीय साधन श्रोतबाट उत्पादित बस्तुलाई पहिलो प्राथमिकता दिने कुरा संयोजक श्रेष्ठले बताए। श्रेष्ठले सरल र सुलभ ढंगले उत्पादितको चिनारीसंगै सुपथ मुल्यमा खरिदबिक्री गराईने बताए।

मेला अवधिभर पाँच लाखले अवलोकन गर्ने लक्ष्य लिएको छ भने दस दिन भित्र करिब ५ करोड बराबरको कारोबार हुने जनाएको छ।मेलाले प्रदेशको बिकासमा उद्योग व्यावसाय,कृषि उत्पादन,सूचना प्रविधि शिक्षा खेलकुद लगायतमा टेवा पुर्‍याउने लक्ष्य रहेको बताए।त्यसैगरी उपभोग्य बस्तु औद्योगिक सामग्री सवारी साधन सुपथ मुल्यमा उपलब्ध गराउनु लक्ष्य रहेको जनाए।

ब्यापारीक मेलामा पाकिस्तानका उत्पादनहरु पनि रहने बताए।पाकिस्तानका लेदरको उत्पादनमा जुत्ता पेटि,किचनका सामग्री,घरायसी रुपमा चलाउन सकिने उपयोगी औजारहरु रहने बताए।पाकिस्तानका ११ वटा स्टलहरु बुक भैसकेको जानकारी दिए।त्यसैगरी बंगलादेशको लागि सुतिका उत्पादन ल्याउनको लागि पहल भैरहेको बताए।भारतबाट भने सवारिका साधनहरु स्टलमा रहने बताए।मेलामा एकसयवटा स्टलसम्म रहने बताए।

नेलामा चेन्चिङ नेपालको उत्पादनहरु रहने भन्दै नेपाली जुत्ताचप्प्ल उत्पादन ब्याबसायी समेत आउने बताए।ती जुत्ता चप्पलहरु ४० देखि ६० प्रतिशतसम्म छुट हुने बताए।

मेलामा बिहान १० बजेदेखि ४ बजेसम्म प्रवेश निशुल्क हुनेछ भने ४ बजेदेखि ९ बजेसम्म भने प्रतिब्यक्ती ५० रुपैया प्रवेश शुल्क लाग्नेछ।त्यसैगरी सो शुल्क विद्यार्थीलाई भने ३० रुपैया मात्र लाग्नेछ। मेलालाई धरान उपमहानगरपालिका प्रदेश १ सरकार आईएमई ग्रुप लगायतले सहयोग गरेका छन।

मेलामा स्कुल डान्स आइडल प्रतियोगिता गराईने जनाएको छ।साथै दैनिक रुपमा राष्ट्रिय स्तरका कलाकारबाट समेत मनोरञ्जन गराईने पनि जानकारी दिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments