धरान/ प्रदेश १ स्तरीय भाषा साहित्य संस्कृति सम्बन्धि प्रादेशिक सम्मेलन धरानमा हुने भएको छ।
सम्मेलन बारे आइतबार महेन्द्र बहुमुखी क्याम्पस धरानको सभाहलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।भाषा बिज्ञान समाज नेपाल र प्राडा टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा गरिने कुरा पत्रकार सम्मेलनमा जानकारी दिएको हो।सम्मेलन यहि फागुन २५,२६ र २७ गते धरानको गोर्खा डिपार्टमेन्ट हलमा तिनसम्म चल्ने जनाएको छ।नेपाल बहुभाषिक बहुजातीय बहुधार्मिक बहुसांस्कृतिक भएको देश भएको भन्दै औपचारिक रूपमा हाल १२३ वटा भाषा अभिलेखिकृत भएको जनाएको छ। ती भाषा मध्ये पनि प्रदेश १ हाल १०६ वटा जतिरहेको अध्ययनले जनाएको बताएको छ।ती सबै भाषा समान नभएको जनाएको छ।कुनै भाषा समृद्ध रहेको र कुनै लोपोन्मुख रहेको जनाएको छ।तर लोपोन्मुख संगै अध्यन अनुसन्धान गर्न बाँकी रहेकोले त्यसले बहन गरेको संस्कृति समेत अध्ययन अनुसन्धान गर्न बाँकी रहेको बताए।त्यसैलाई टेवा पुर्याउने उद्देश्यले समेत यो सम्मेलन गर्न लागेको कुरा प्राडा टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रका सचीव डा. रमेश इजमले जानकारी दिए।भाषा केवल भाषा मात्र नभएको भन्दै भाषा त विशाल साहित्य भण्डारको बाहक समेत रहेको अध्ययन केन्द्रका अध्यक्ष रमेश घिमिरेले बताए।उनलेे भने- त्यसैले प्रत्येक भाषाको अध्ययन अनुसन्धान संरक्षण र बिस्तार हुनु आवस्यक रहेको छ।´
सम्मेलनमा विभिन्न ब्यक्तिहरुले ६० वटा भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने बताए ।हालसम्म ५६ वटा कार्यपत्र प्राप्त भैसकेको भन्दै सम्मेलन अन्तिम दिनसम्म थप कार्यपत्र आइपुग्ने जानकारी दिए।सम्मेलनमा भाषा सम्बन्धी सैद्धान्तिक,ब्याख्यात्मक,बहुबिषयात्मक प्राग्यिक पक्ष तथा साहित्यिक पक्ष तथा संस्कृतिक अध्ययनमा केन्दृत रहने जनाए।सम्मेलनमा भारत र फ्रान्सबाट समेत सहभागी हुने जनाएको छ। सम्मेलनले अनुसन्धाताहरुले आफ्ना अनुसन्धानका निष्कर्ष प्रस्तुत गर्न पाउने अवसर मिल्ने जनाएको छ।अनुसन्धाताले प्राज्ञिक सन्दर्भलाई बिस्तार गर्न मन्छ पाउने अवसर,भाषा साहित्य एबम संस्कृतिका क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरुले एक आपसमा सहकार्य प्रारम्भ निरन्तरता तथा बिस्तार गर्ने सुनौलो अवसर पाउने अपेक्षा लिएको छ।सम्मेलनमा भयबाद बारे समेत बिमर्श हुने जनाएको छ।भयबादलाई लिएर क्यानाडाका नागरिक आर माईकल फिसरलाई दुई सय डलरले सम्मान गरिने कुरा प्राध्यापक डाक्टर टंक न्यौपानेले बताए।१५ लाखसम्म खर्च हुने अनुमान गरिएको सम्मेलनले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा मिल्ने अपेक्षा आयोजकले गरेको छ।सम्मेलनलाई सफल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएका छन।
