28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeसमाचारधरानमा यलम्बर साँझ,प्रदेश नाम नियमावली अनुसार प्रस्ताव गर्ने(राजेशपायलको भिडियो)

धरानमा यलम्बर साँझ,प्रदेश नाम नियमावली अनुसार प्रस्ताव गर्ने(राजेशपायलको भिडियो)

धरान /प्रदेश १ को नामाकरण नियमावली पारित भएको सोही अनुसार प्रस्ताब गर्ने कुरा प्रदेश १ का सभामुख प्रदिप भण्डारी बताए।

प्रमुख अतिथी सभामुख भण्डारिले यलम्बर साँझ ५०८० को औपचारिक कार्यक्रममा सो कुरा बताएका हुन।भण्डारिले किरात जाती नभै सभ्यता इतिहास भएको बताए।आफुले यस बिषयमा किरात राई यायोक्खाको दशौ राष्ट्रिय महाधिवेशनमा नै यस बिषयमा यसै स्टेजमा भनिसकेको भन्दै आफू त्यही भनाईमा अझै पनि स्पष्ट रहेको बताए।उनले गोपाल बंशका राजा भुवन सिङलाई आजैको दिन बिजय प्राप्त गरेको दिन भएकोले पनि यलम्बर सम्बत शुरु भएको बताए। बक्ताहरुले प्रदेशको नामाकरणको कुरा किरात बारे आफ्नो ध्यान आकृष्ट भएको जनाए । सभामुखले राजधानीको नाम प्रस्ताव गर्ने नियमावली बनाएको भन्दै सोही नियमावली अनुसार प्रदेशको नाम प्रस्ताव गर्ने बताए।प्रदेशमा चलचल्तिको भाषाको समेत काम अगाडि बढेको भन्दै प्रदेश १ मा रहेका भाषा भाषिको बारे समेत प्रदेश १ अगाडि बढिरहेको बताए।

भाषाबिद डा. टंक न्यौपानेले प्रदेश १ किरात हुनुपर्ने बताए।उनले आफू जातले बाहुन भए पनि किरात सभ्यतामा हुर्केको बताए। उनले पहिचान राजनीतिमा नभै भाषा संस्कार संस्कृति सभ्यतामा हुने बताए।संघीयता भुगोलको लागि नभै त्यहाँको समुदायको लागि भएको भन्दै भुगोलको लागि त यसअघि नै भैसकेको बताए।

दोर्पध्वज राईले राज्यसत्तामा बस्नेले आदिवासी जनजातिको भाषा संस्कार संस्कृतिको नाममा अरबौ रुपैया बिदेशमा लिईरहदा यहाँ बसोबास गरिने आदिवासी जनजातिलाई भने हरेक क्षेत्रमा उपेक्षा गरेको बताए।हाल क्रमिकरुपमा नदिनालाको नामबाट प्रदेशको नामाकरण भैरहेको भन्दै प्रदेश १ किरात नामाकरण हुनुपर्ने र जस्का लागि यायोक्खाले विभिन्न दवाब दिइदै आएको बताए। किरात प्रदेश नामाकरण नभए निरन्तर आन्दोलन गरिने बनाए। स्टेजमा रहेका प्रदेश १ का सभामुख प्रदीप भण्डारि सहित प्रदेश सांसदहरुलाई किरात नामाकरणमा मत जाहेर गर्न  आग्रह गरे।यदि तेस्तो नभए कार्वाही गर्नेसम्म्को तयारी भएको चेतावनी समेत दिए।उनले यलम्बर सम्बतमा सिक्किमका पुर्व मुख्यमन्त्री पवनलाई सम्मान गरिरहेको भन्दै किरात नामाकरण भए यो सम्मान आगामी दिनमा प्रदिप भण्डारिलाई हुने समेत घोषणा गरे।

शालिक सतासकले हाङ यलम्बर राज्य चलाएकोले उनकै नामबाट यलम्बर सम्बत चलाएको बताए। उनले पुरानमा लेखिए अनुसार चार युग मध्ये एउटा कलि युग भएको भन्दै हाल कलियुग ५१२० चलिरहेको बताए।जसमा ४० वर्ष अगाडि यलम्बरको शासन शुरु भएकोले ४० वर्ष घटाउदा ५०८० यलम्बर सम्बत हुन आएको तथ्य पेश गरे।त्यसैगरी जिससको मृत्यु भन्दा करि ३०६० वर्ष पहिले यलम्बर शासन राज्य भएको र अहिले इश्वी सम्बत २०२० जोड्दा ५०८० हुने तथ्य अगाडि सारे।

किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरिको उपलब्ध गराएको संक्षिप्त जानकारी अनुसार करिब ३२ पुस्तासम्म शासन अवधी १९६३ वर्ष ८ महिना राज्य चलाएको राजा यलम्बर कै नामबाट सम्बत चलाएको जनाएको छ। यहि सम्बतलाई फरक जातिले फरक नामबाट चलाईदै आएको जनाएको छ।यलम्बर सम्बतलाई राई यायोक्खाले यलदुङ यलदोङ,लिम्बुले यलेतङ्बे,सुनुवारले यलेथोछे आदि नामले सम्बोधन गरिरहेको जनाएको छ।नेपालको प्राचीन सम्बत यलेदुङ यलेदोङ ५०८० लाई नेपाल् सरकारले लागू गर्नुपर्ने उल्लेख छ।

कार्यक्रममा प्रदेश १ का सांसद उमिता बराईली,साबुत्री श्रेष्ठ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुनसरी अध्यक्ष राम मान्डुपा राई तथा जातिय संस्थाका अध्यक्ष प्रतिनिधिहरुको उपस्थी रहेका थिए। यलम्बर साँझमा चर्चिर गायक राजेश पायल राई जितेन राईले सांगीतिक प्रस्तुति गरेका थिए।सोही अवसरमा १३ औ सागमा पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments