-निमा पोङ्स्युवा
चैत्र ११,धरान /कोरोना भाईरसबाट बच्नको लागि भनेर धरान उपमहानगरले गरेको लकडाउनका कारण बजार सुनसान भएको छ।
लकडाउन भन्दै भानुचोक वरपर जनपद प्रहरी,ट्राफिक प्रहरी, नगर प्रहरी सहित परिचालन गरिएको छ।प्रहरीले अत्यावश्यक बाहेक मोटरसाइकल समेत चलाउन रोक लगाएको छ।भानुचोकमा मालबाहक ट्रक टेम्पो समेत रोकेर राखिएको छ।