26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
HomeUncategorizedधरानमा १० दिने औधोगिक व्यापार मेला सुरु

धरानमा १० दिने औधोगिक व्यापार मेला सुरु


धरान / धरानमा १० दिने औधोगिक व्यापार मेला विहिबारदेखी सुरु भएको छ । उधोग वाणिज्य संघ सुनसरिद्वारा आयोजित मेलाको उधोग वाणिज्य तथा आपूर्ति मन्त्री मोतिलाल दगुडले औपचारिक रुपमा उदघाटन गरेका थिए । प्रमुख अतिथी समेत रहेका मन्त्री दगुडले पानसमा बत्ती बाली उदघाटन गरेको हो ।

नेपालका ७५ प्रतिशत उधोग व्यवसायहरु धरासयिमा पर्न गएको मन्त्री दगुडले कार्यक्रमलाई सम्बोध गर्ने क्रममा बताएका थिए । सरकारी उदासिनता र कर्मचारी उदासिनताका कारण अधिकाङ्स उधोग व्यवसायिहरु धरासयिमा पर्न गएको उनले बताए । उनले भने निजि औधोगिक क्षेत्रहरुलाई समृद्व गरेमात्र देशको उधोग व्यवसायमा आमूल परिवर्तन आउनेछ र यसले देशलाईनै समृद्व तर्फ उन्मुख गराउनेछ । अब नेपालको उधोग व्यवसायमा परिवर्तन सुरुवात भएको र सस्थानको स्वरुपमा समेत भिन्नता आएको छ । देशका सबै तहमा
औधोगिक ग्राम निर्माणको लागि बजेट समेत बिनियोजन भएको छ उनले थपे अझ यसको विकाशको लागि बजेट निकासा प्रक्रिया समेत भइरहेको छ । यसमा चुनौतिहरु धेरै छन तर असम्भव भने छैन उनले भने अबका दिनहरुमा उधोग व्यवसायिहरु धरासयिमा नपार्न सरकारले निजि क्षेत्रहरुहरुलाई कसरी प्रोत्साहित गर्न सकिन्छ त्यो नीति तथा प्रक्रियालाई अगाडि बढाई देशलाई नै समृद्व बनाउनुपर्ने र व्यवसायिहरुको मनोबल खस्कन नदिने समेत उनले प्रतिबद्वता जनाएका थिए । साथमा मेला महोत्सव औपचारिकतामा मात्र सिमित नराख्न सुनसरी वाणिज्य संघलाई सुझाव दिएका थिए ।

प्रदेश १ साङ्सद उमिता बराईलिले खुल्ला सिमानाको कारण यहाँका उधोग व्यवसायिहरु मारमा परिरहेको बताएकी छिन । भारतबाट आयात हुने बस्तुहरुसङ्ग नेपाली बजारले प्रतिस्पर्धा गर्न नसक्दा अधिकाङ्स नेपाली उधोग व्यवसायिहरु बन्द हुने अवस्थामा आएको उनले बताईन । यो समस्यालाई प्रथम प्राथमिकतामा राखी स्वदेशी उधोग व्यवसायका उत्पादनलाई उचित बजारिकरण गर्न आवस्यक रहेको र निजि सरकारी उधोग व्यवसायसङ्गको समन्वय र साझेदारी बढाई कानुन निर्माण गर्नुपर्नेमा उनले जोड दिईन ।

कार्यक्रममा प्रदेश १ उधोग वाणिज्य अध्यक्ष नरेन्द्र खडका,प्रदेश ५ अध्यक्ष गुननिधी तिवारी,वाणिज्य महासङ्घ भुतपुर्व अध्यक्ष चन्डिराज ढकाल,धरान उपमहानगरपालिकाका मेयर तिलक राई,उपप्रमुख मन्जु सुवेदी भण्डारी लगायतले बोलेका थिए । उधोग वाणिज्य संघ सुनसरीका अध्यक्ष गिरिधारी सापकोटाले कार्यक्रम समापन गरेका थिए । आगामी फागुन २५ गतेसम्म हुने मेलामा स्वदेशी तथा बिदेशी उत्पादनहरु विशेष प्रदर्शनी र बिक्रीका लागि राखिने र हरेक रात सास्कृतिक कार्यक्रम समेत रहने मेलाका मुलसङयोजक शिवराज श्रेष्ठले जानकारी गराए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments