धरान / उद्योग वाणिज्य संघ धरानले आयोजना गरेको औद्योगिक ब्यापारिक मेलामा दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति रहँदै आएको छ।
मंगलबार मेलिना राईको प्रस्तुति रहेको मेलामा बुधबारको प्रस्तुतिमा गायिका आस्था राउत आउनेछ। मेलामा दर्शक बढाउने उद्देश्यले थप मनोरञ्जन समेत दिलाउन भनेर आस्था राउतको आजको प्रस्तुति रहने कुरा आयोजकले जनएको छ। मेलामा घरायसि सामग्री,जुत्ता चप्पल,कृषि उपज लगायत जडिबुटी भिर माहुरीको मह बाल उद्यान राखिएको छ।