20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeसमाचारधरान रनमा अन्तर्राष्ट्रिय धावक सहभागी हुने

धरान रनमा अन्तर्राष्ट्रिय धावक सहभागी हुने

निमा पोङ्स्युवा

धरान / प्रभु बैक धरान टेन के रन २०२० आठौ नेवा च्यारिटीमा यस वर्ष अन्तर्राष्ट्रिय धावकको समेत सहभागी हुने कुरा धरान रनका अध्यक्ष रमु राईले जानकारी दिएको छ।

रनको कार्यालयमा आज पत्रकारहरुसंगको भेटघाटको क्रममा अध्यक्ष राईले यसरी जानकारी गराएको हो।अध्यक्ष राईले यसपटकको रनमा बंगलादेश,भारतको दार्जीलिङ,सिक्किम,कालिम्पोङ,डुवर्स लगायतका स्थानबाट समेत रनमा सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिए।राईले यसपटकदेखि धरान रन अन्तर्राष्ट्रिय रन हुने बताए।उनले धरानमा प्लास्टिक रहित अभियानलाई लाने भन्दै रनमा प्रयोग हुने सामग्रीहरु सकभर प्लास्टिक रहित बनाउदै जाने बताए।

स्वस्थ मन सुन्दर शरीर सबै भन्दा ठूलो धन धरान रन भन्ने नारा सहित यहि फागुन १० गते धरानमा आठौ रन हुदैछ।यस वर्षबाट सहभागीलाई मेडलको ब्याबस्था समेत गरिएको जानकारी दिए। यसपटक महिला धावकको पुरस्कार राशिलाई बढाएको जानकारी दिए।रनमा कुल नद राशी २ लाख ९० हजार रहेको बताए।सुपर भेट्रानमा प्रथम दोस्रो तेस्रोलाई क्रमस ५० हजार ३० हजार र २० हजार राखिएको छ भने १५ वर्ष मुनिका लाई ७ हजार ५ हजार र ३ हजार नगद प्रथम दोस्रो तेस्रो पुरस्कार राखिएको जनाएको छ।कार्यक्रममा मिस नेपाल वर्लड २०१८ का शृंखला खतिवडा ओलम्पिक कमिटिका पदाधिकारीको सहभागी रहने जनाएको छ।

भानुचोकबाट शुरु गरि दुर्गा चोक बुद्ध चोक हुँदै रत्न चोक मंलबारे,पानीटंकी,रंगशाला जिरो पोइन्ट,अमर हाट,बिजयपुर चौक,पिण्डेश्वर मन्दिर,पुरानो बजार माछाभौडी हुँदै देशिलाईन पुगेर टुंगिनेछ।बाह्र बर्ष मुनिको लागि भने ३ किलोमीटर मात्र हुनेछ।

यस अघि ८ किलोमीटर राखिएकोमा यस वर्षबाट भने १० किलोमीटर दुरि तय भएको छ।धरान रनमा तिर्थ पुनले ह्याटृक गरिसकेको छ।उनको गत सालको ८ किलोमीटर दुरि ३१ मिनेट १६ सेकेन्ड छ।त्यसैगरी गत साल महिला तर्फ कान्छिमायाले उक्त दुरिलाई ३७ मिनेट ४७ सेकेन्डमा पार गरेको रेकर्ड छ।

सोही अवसरमा ताप्लेजुङमा हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव २०७६ बारे पनि जानकारी दिएको छ।श्री पाथीभरा देबि मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष दिनेस खबासले जानकारी दिए अनुसार उक महोत्सव यहि फागुन ९ गतेदेखि १३ गतेसम्म लाग्नेछ।ताप्लेजुङमा रहेको फुङ्फुङ्गे झरना पाथीभरा मन्दिर भ्रमण तथा लोप हुँदै गएको भेडिगोठलाई प्रोत्साहन गर्नको लागि समेत यो महोत्सव गर्न लागेको बताए।महोत्सवमा लोप हुँदै गएको भेडी गोठ,याक चौरी,आदिवासी समुदायको परिकार संस्कृति लगायत प्रदर्शनी हुने जानकारी दिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments