धरान / खानेपानी संस्थानलाई असार भित्र बोर्डमा गाभ्ने निर्णय अन्तर्घाती भएको भन्दै निर्णय सच्याउन माग गरेको छ।
धरान उपमहानगरको नगरसभाले यहि असार भित्र नै नेपाल खानेपानी संस्थानलाई बोर्डमा गभ्ने निर्णय भएको छ। निर्णयको बिरोध गर्दै सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र तामाङले सामाजिक संजालमा बिरोध जनाएको छ। उनले आइयुडिपी अायाेजना असफल भएका कारण भाेलि बाेर्डले पानी खुवाउन नसक्दा उत्पन्न हुने भयावह स्थितिलाई व्यवस्थापन गर्नपनि अायाेजना सफलताकाे प्रमाणिकरण नहुँदासम्म संस्थानलाई जीवित राख्नु पर्ने बताए।उनले असारभित्रै संस्थान गाभ्ने भन्ने अन्तरघाती निर्णयप्रति तत्काल पुनर्विचाार गर्न सम्बन्धित सबैमा अनुराेध गर्दछु भनिएको छ। अन्यथा जनतावाट यस निर्णयउपर प्रतिकार हुने समेत ध्यानाकर्षण सहितको चेतावनी दिएको छ ।
सन्दर्भ खानेपानी आयाेजना र नगरसभा:
धरानकाे ADB खानेपानी आयाेजनाले संस्थान बाहेक दैनिक १ कराेड ३ लाख उत्पादन गर्ने DPR मा भनेपनि औसत ६२ लाख मात्र उत्पादन गरेकाे, घरघरमा २-३ तलामाथि चढ्ने गरी ७ मिटरकाे प्रेसर हुन्छ भनि DPR मा भनेपनि टंकीमा पानी चढाउन माेटर जडान गर्नु परेकाे, न्युनतम् १६ घण्टादेखि २४सै घण्टा दैनिक पानी वितरण हुने DPR मा भनिएकाे भएपनि दिन विराएर पानी वितरण हुने गरेकाे र खानेपानी व्यवस्थापन बाेर्डले ट्याङ्करबाट समेत पानी बाँड्नु परेकाे अवस्था परीक्षणकाल ३ महिना रहँदा समेत विधमान रहेकाे अवस्थाले आयाेजना पूर्ण असफल भएकाे प्रष्ट देखिँदादेखिँदै आयाेजनालाई DPR, लक्ष्य र सम्झाैता बमाेजिम उत्पादन र वितरण गर भन्नू पर्नेमा यथास्थितिमै संस्थान गाभ्ने निर्णय गर्नु धरानकाे लागि अन्तरघाती निर्णय हाे । आयाेजना असफल भएका कारण भाेलि बाेर्डले पानी खुवाउन नसक्दा उत्पन्न हुने भयावह स्थितिलाई व्यवस्थापन गर्नपनि आयाेजना सफलताकाे प्रमाणिकरण नहुँदासम्म संस्थानलाई जीवित राख्नु पर्ने हुन्छ । अत: नगरसभावाट असारभित्रै संस्थान गाभ्ने भन्ने अन्तरघाती निर्णयप्रति तत्काल पुनर्विचाार गर्न सम्बन्धित सबैमा अनुराेध गर्दछु । अन्यथा जनतावाट यस निर्णयउपर प्रतिकार हुने समेत ध्यानाकर्षण गराउँदछु ।
……………
संयाेजक
सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति, धरान ।