नयाँ सम्वत २१५० औ ग्याल्बो ल्होसारको उपलक्ष्यमा शेर्पा सेवा समाज गोकर्णेश्वर काठमाडौंको आयोजना,गोकर्नेशवर नगरपालिकाको मुक्य प्रायोजनमा भेट्घाट तथा शुभ कामना आदान-प्रदान साथै स्थानिय कलाकारहरुको साथमा भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भयो ।
लामो सयम देखी शेर्पा जातिको संस्कृति लाई जगेर्ना र उत्थान गर्ने उदस्यले बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको शेर्पा सेवा समाज गोकर्णेश्वरका अद्क्ष्य दावा शेर्पाले बताउनु भयो ।
उहा बन्नु हुन्छ यो ग्याल्बो ल्होसार पहिला पहिला बिसेश हिमालि शेर्पा ,तिब्बती तथा ग्याल्बो समुदायले मात्र मनाउने गरेको तर हाल आएर यो देशकै मुख्य चाडको रुपमा सबै जात जातिले मनाउले गरेको बताउनु भयो ।
गोकर्नेशवर नगरपालिकाका मेयर दीप कुमार रिजाल प्रमुख अथिती रहेको २०२१ ल्होसारमा विशेष अथिती साननानी लामा,नेपाल शेर्पा सङका पूर्व अद्क्षय पेमा छिरी शेर्पा र अन्य अथिती हरुको उपस्थ्ती गरेको थियो साथै गायक छोन्वा शेर्पा,दावा के शेर्पा को बेजोड प्रस्तुती थियो ।
ल्होसारमा असुद्द लाई सुद्द चोख्याउन सालको पहिलो दिन बिसेस धुपबत्ती बाल्ने साथै साङसेरनिङ पुजा गर्ने गरिन्छ शेर्पा समुदायमा ल्होसार अथवा नयाँ साल आउनु भन्दा २, ३ दिन पहिला घर आगन सबै सफा गर्ने घरबाट निस्केको फोहोर मैला चौबाटोमा फाल्ने चलन छ ।
सरसफाइ सकेपछी गुथुक ( नौ प्रकार को गेडागुडी मिसाइ बनाएको एक परिकार्) सबै परिवार र आफ्न्त, स्ट्मित्र मिलेर खाने गरिन्छ यो खाना खानु भन्दा अगि
भगवानलाई चढाउने गरिन्छ यो गुथुक खाइ सके पछी पुरानो साललाई बिदाइ गर्दै नयाँ साल लाई स्वागत गर्ने चलन रहेको शेर्पा सेवा समाजका कोशाद्क्ष्य दीपक शेर्पाले बताउनु भयो।
प्रमुख अथिती बाट पानसमा बत्ती बाली औपचारिक कार्यक्रम उत्घाटन भएको र शेर्पा दिदी बहिनी हरुको आकर्शक स्वागत नृत्यबाट सुरु भएको थियो ग्याल्बो ल्होसारको शुभ कामना साथै गोकर्नेशवर नगरपालिकामा रहेका सम्पूर्ण जनसमुदाय लाई मिलेर एक भाइचारा र एक परिवारको जस्तै वातावरण मिलाई आफ्नो नगरको ,धर्म सस्कृतिको जगेर्ना र बिकास गर्न नगर प्रमुख रिजालले सहयोगको अनुरोघ गर्नु भयो ।
त्यसै गरी शेर्पा सेवा समजको सचिब आङ काजी शेर्पाको उद्घोसण गरेको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा नगरका शेर्पा समुदायका जेष्ठ नागरिक ,उत्कृष्ट एस इ इ बिद्यार्थीहरु लाई सम्मान कार्यकम र क्यासर पीडित महिला लाई आर्थिक सहयोग समेत गरिएको थियो ।
प्रबिन किराती