22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedनरसंहारसम्म भोगेका दलित गम्भीर छलफल गर्दै

नरसंहारसम्म भोगेका दलित गम्भीर छलफल गर्दै

धरान / दलित भएकै कारण रुकुम नरसंहार भएपछि  धरानमा दलितहरु गम्भीर बन्न छलफल भएको छ।

बिहिवार बसेको बैठक विभिन्न राजनीतिक पार्टीहरुसँग आबद्ध रहेका दलित नेताको भेलाले दलितका मुद्धाको बिषयमा छलफल भएको छ।छलफलमा कसरी साझा आन्दोलन उठान गर्न सकिन्छ भन्ने बिषयमा बिस्तृत छलफल भएको छ ।

बैठक संघीय लिम्बुवान मञ्च निकट संघीय दलित शिल्पी मञ्चका केन्द्रीय अध्यक्ष रमेश गजमेरको पहल र नेतृत्वमा भएको हो। छलफलमा धरानबाटै दलित मुद्धामा राजनीतिक र जातीय साझा आन्दोलन सामुहिक नेतृत्वमा उठान गर्ने निष्कर्ष निकालिएको छ । छलफलमा रा.प्र.पा निकट उपेक्षित उत्थान समितिका केन्द्रीय उपाध्यक्ष जुद्ध लोहनीले धरानमा दलित विकास समितिले दलितमाथि नै विभेद   गरेको बताए  । उनले दलित उत्थान समन्वय समितिको बाणिज्य बैंकमा रहेको पैसाबाट कोरोना संक्रमणको विपत्मा घर घर पुगेर गरीब दलितलाई राहत वितरण गरौं भन्दा अटेर गरेको समेत बताए । उनले अहिलेसम्म ब्याजसहित ३ लाख भन्दा बढी पैसा बैंकमा हुनु पर्ने बताए । उनी सो समयमा दलित उत्थान समन्वय समितिका सदस्य समेत रहेका थिए ।करीब ८ बर्ष जति धरान उपमहानगर नगरपालिकाले दलित विकासका लागि छुटट्एको बजेट कार्यन्वयन गदै आएको दलित समुदायको साझा संस्थाका रुपमा सो समिति क्रियाशिल रहेको थियो । स्थानीय निकायको निर्वाचनपछि धरान उपमहानगरपलिकाले नगरपालिका मातहत दलित विकास समिति गठन गरेको छ । अहिले त्यही समितिले नगरपालिकाको बजेट कार्यन्वयन गरिरहेको छ । दलित विकास समिति क्रियाशिल भएपछि दलित उत्थान समन्वय समिति निष्क्रृय छ । धरानको बाणिज्य बैंकमा समितिको मौजुद रकम र कार्यलयमा टेबल, कुर्सी, दराज लगायतका भौतिक सामाग्री थिए । त्यस समयमा समितिको अध्यक्षमा हाल (नेपाल कम्युनिष्ट पार्टी) नेकपाका सुनसरी जिल्ला सदस्य दिलबहादुर रामदाम र सचिव अहिलेको दलित विकास समिति धरान उपमहानगरपलिकाका सदस्य सचिव तारा लामगादे रहेका थिए । अहिलेसम्म सो समितिको रकम र भौतिक सामाग्री  धरानका सबै दलितका साझा सम्पत्ति हुन । यसको खोजी गरेर दलित सरोकारका मुद्धामा जोडनु जरुरी भएको बताए ।बैठकमा  त्यस बिषयमा समेत छलफल केन्द्रित भएको थियो । यस अघि जिल्ला विकास समिति सुनसरीले धरानका दलितको कम्प्युटर शिक्षाको पहुँच पुर्‍याउन दिएको ५ थान कम्प्युटर बेपत्ता भएको आवाज उठेका छन ।

छलफलमा जनता समाजवादी पार्टी निकट शिल्पी बिशेष समिति १ नं. प्रदेश समितिका अध्यक्ष  नरेश बिश्वकर्मा क्षितिजले सामुहिक नेतृत्वमा आन्दोलन अघि बढाउनु पर्ने धाराणा राखे । नेपाली काँग्रेस निकट नेपाल दलित संघका धरान अध्यक्ष गणेश परियारले दलित सरोकारको सवालमा दीर्घकालीन हुने साझा संगठनको खाँचो भएको बताए । उनले हाल दलित उत्थान समन्वय समितिमा ३ लाख २४ हजार रुपैयाँ रहेको बताए । छलफलमा नै सहभागी राष्ट्रिय जनमोर्चा धरानका अध्यक्ष दिप खड्काले दलितले खस लेख्नु पर्ने सल्लाह दिए । उनले दलित आन्दोलन सबैको   सरोकारको बिषय भएको बताए । संघीय लिम्बुवान मञ्च निकट संघीय दलित शिल्पी  मञ्चका धरान अध्यक्ष नरेन्द्र बराइलीले पश्चिम रुकुम घटनामा पिडितले न्याय नपाउने निश्चित भएकाले दलित आन्दोलन आवश्यक रहेको बताए । उनले कोरोना भन्दा पनि अहिले जातीय समस्या जटिल भएको बताए ।मिजार सेवा समाज धरानका अध्यक्ष विजय अछामीले दलित मुद्धामा  राजनीतिक दल भन्दामाथि उठनु पर्ने बताए । गजमेर बंश एकता समाजका महासचिव दिनेश गजमेरले दलित विकास समितिले राजनीतिक नियुक्ति भएकाले त्यतातिरै नफर्कि दलित आन्दोलनको अगुवाइ गर्नु पर्नेमा जोड दिए । उनले पटक पटक दलित उत्थान समन्वय समितिको बैंक स्टेटमेन माग्दा नदिएको बताए । ने.क.पा. (क्रान्तिकारी माओवादी) निकट नेपाल दलित मुक्ति मोर्चाका शुक्र बिश्वकर्माले सामुहिक नेतृत्वको दलित आन्दोलन सबैलाई स्वीकार्य हुने बताए ।

छलफलले जेठ ३० गते बृहत भेला आयोजना गरेर राजनीतिक दल, दलित सरोकारका संघ संस्था, आदिवासी जनजाति महासंघ, ब्रम्ह्रण समाज, खस क्षेत्री एकता समाजसहितको सङघर्ष समिति गठन गरेर आन्दोलन अघि बढाउने निर्णय भएको छ । भेला जेठ ३० गते १ बजे धरान ९ बगैचा चोकमा रहेको दर्पण सेक्युरिटी सर्भिस प्रा. लि. को सभाहलमा गरिने जनाएको छ । सरोकारवाला सबै संघ संस्थाका अध्यक्षलाई भेलामा निमन्त्रण समेत गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments