23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedनवज्योति स्कुल क्वारेन्टाइन बनाउन लागेको भन्दै स्थानीयको बिरोध

नवज्योति स्कुल क्वारेन्टाइन बनाउन लागेको भन्दै स्थानीयको बिरोध

धरान / धरान–१५ महादेव चोक स्थित नवज्योति स्कुललाई क्वारेन्टाइन बनाउन धरान उपमहानगरपालिकाले पत्रचार गरेपछि विद्यालयका अभिभावक सहित स्थानीय जनता विरोधमा उत्रिएका छन् ।

विभिन्न देशमुलुकहरुबाट फर्किने नेपालीहरुलाई राख्नको लागि क्वारेन्टाइन बनाउने भनेपछि आइतबार साँझ स्थानीय वासिन्दाले बिरोध जनाएको हो।उनिहरुले स्वास्थ्यमा  प्रभाव पर्ने बताउँदै स्थानीयहरुको ठुलो संख्या स्कुल भित्र प्रवेश गरी  क्वारेनटाइन वनाउन नहुने माग सहित नारावाजी गरेका छन् । उनीहरुले कोरोना जस्तो प्राणघातक संक्रमणको जोखिमवाट स्थानीयलाई त्रसित वनाउन नहुने माग गरेका छन् । स्थानीय राजकुमार खत्रीले स्थानीय  वासिन्दाको स्वास्थमाथि सरकारले खेलवाड गर्न नहुने बताउँदै नवज्योति स्कुलमा क्वारेनटाइन निर्माण गर्न आपत्तिजनक भएको बताए । स्थानीय डिल्लीवहादुर विश्वकर्माले विद्यालयका अभिभावक र स्थानीयको भावना विपरित कुनै पनि हालतमा क्वारेनटाइन निर्माण गर्न नहुने बताए । सयौंको संख्यामा विद्यालयभित्र प्रवेश गरेका स्थानीयले वालवालिकाहरुमाथि कोरोना जस्तो प्राणघातक संक्रमणले मानसिक रुपमा पछिसम्म असर पु¥याउने तर्क सहित विद्यालय क्षेत्रमा क्वारेनटाइन निर्माण नगर्न माग गरेका छन् ।
विद्यालयकी कार्यवाहक प्रिन्सिपल सिस्टर ज्योतिले  धरान उपमहानगरपालिकाले क्वारेनटाइनका लागि पत्रचार गरेको र स्थानीयले क्वारेनटाइन निर्माण गर्न नहुने पत्र वुझाएको देखाउदै आफुले उक्त विषयमा केही नवोल्ने बताइन । विद्यालय जस्तो  कलिला वालवालिकाको भविष्य निर्माण गर्ने संवेदनशील ठाउँमा विदेशबाट ल्याइएका नेपालीहरुलाई क्वारेनटाइन वनाएर राख्दा पछिसम्म विद्यार्थीहरुमा कोरोनाको त्रासादीपुर्ण मानसिक असर पर्ने देखिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments