जेठ २६,धरान / दुबै मृगौला काम नलाग्ने भएका सपना ताक्मादेन लिम्बुको नागरिकता नबन्दा सरकारी सेवा सुबिधाबाट बन्चित हुनु परेको छ।
https://youtu.be/2zHZlGsYXGs
धरान १४ नर्सिङ मन्दिरको कुटिमा बस्दै आएका २५ वर्षीय लिम्बुको लकडाउनका कारण नागरिकता प्रमाणपत्र बन्न सकेको छैन।वडा नम्बर १४ बाट सबै प्रक्रिया पूरा भए पनि इलाका प्रशासन कार्यालय बन्द रहेका कारण नागरिकता प्रमाणपत्र बन्न नसके हो।सरकारी सेवा सुबिधा लिनको लागि नागरिकता प्रमाणपत्र आवस्यक हुए भनिएकोले तत्काल नागरिकता बनाउनु परेको सपनाका आमा नबिता ताक्मादेङ लिम्बुले बताए । उनले कसरी हुन्छ नागरिकता प्रमाणपत्र पनि बनाईदिए सहयोग हुने बताए।
सोमबार मृगौला रोगि सपनालाई विभिन्न ब्यक्ति तथा संघ संस्थाले आर्थिक तथा खाद्य सामग्री सहयोग गरेको छ।भारतिय गोर्खा भुपु संघ धरानले नगद ६ हजार र युना खापुङ धरान १५ बाट नगद २ हजार सहयोग प्रदान गरेको कुरा टोल बिकास सचीव देउमान लिम्बुले जानकारी दिए।त्यसैगरी होप धरानको संयोजनमा हिसप चर्चबाट ३ हजार बराबरको खाद्य पदार्थ र नगद एक हजार उपलब्ध गराएको छ।धरान १२ पिजेन्द्र श्रेष्ठ र ब्राह्मज्ञ भट्टराईबाट एक एक हजार नगद सहयोग गरेको छ।त्यसैगरी स्टाटिक इन ग्रेसर र सेभेन लेभेम रेस्ट्राबाट १० हजार पाँच सय नगद सहयो हस्तान्तरण गरेको छ।होप धरानले केही दिन अघि ४ हजार बराबरको खाद्यन्न उपलब्ध गराएको कुरा होपका निश्चल पलिखेले जानकारी दिए।
धरान १४ नर्सिङ मन्दिरको कुटिमा बस्दै आएका सपना लिम्बु ताक्मादेङको गत बैशाखमा बिरामी भै जचाउने क्रममा दुबै मृगौला फेल भएको डाक्टरले भनेपछि थप उपचारको लागि भौतारिरहेका छ्न। सपनाका बुबा तेजप्रसाद सामन्य लेबर काम गर्ने पाँच जना छोरी सहित ७ जनाको परिवार रहेको बताउँछन। डाक्टरले मृगौला नै फेर्नुपर्छ भन्ने सल्लाह दिएपछि उपचारको लागि आर्थिक अभाव भएको छ।रोग देखिएपछि हाल आफ्नै दिदिको घर धरान १५ रामलक्षमण मार्गमा बस्दै आएका छन। आफ्नो छेमाको छोरी भएकोले केही दिनदेखी उपचार गर्न सजिलोको लागि घरमा राखेको कुरा राजकुमार लिम्बुले बताए ।
मृगौला रोगी सपना ताक्मादेङ लिम्बुको उपचार सहयोग गर्न चाहने हातहरुले उनीहरुको मोबाइल नम्बर ९८१०५८७४९३ मा संपर्क गर्न सक्नुहुनेछ।