22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedनायिका रेजिना उप्रेती भन्छिन :विवाह गर्ने बित्तिकै नायिकालाई हेला गर्छन्, हामीलाई खेलाउँदा...

नायिका रेजिना उप्रेती भन्छिन :विवाह गर्ने बित्तिकै नायिकालाई हेला गर्छन्, हामीलाई खेलाउँदा फिल्म चल्दैन रे (हेर्नुहोस भिडियो)

नायिका रेजिना उप्रेती आफु चलचित्रमा नायिकाको रुपमा सक्रिय नहुनुको कारण आफ्नो विवाह पनि रहेको बताएकी छिन् ।रेजिना उप्रेतीको अनुसार जब नायिकाले विवाह गर्छन तब निर्माता निर्देशकहरुले नयाँ नायिका खोज्न थाल्छन जसले गर्दा विवाह गरे पश्चात नायिकाहरु सक्रिय हुन गाह्रो भएको छ । चलचित्र भनेको कन्टेन्टले चल्ने हो तर नेपालमा नायिका र नायकले गरेर चल्ने सोच भएकाले गर्दा नायिकाहरुलाई विवाह पश्चात चलचित्रमा नलिएका हुन् ।रेजिना उप्रेतीले आफु चलचित्रबाट हराएको छैन बरु आफु कलाकार भएर योगदान गरिरहेको उल्लेख गरेकी छिन् ।

रेजिना भन्छिन, “मैले चलचित्र नखेले पनि म चलचित्र छेत्र मै योगदान गरिरहेको छु । नेपालमा कन्टेन्टमा भन्दा नायिकामा जोड दिने भएर विवाह भएका नायिका लिंदा चलचित्र चल्दैन भनेर हामीलाई चलचित्रमा लिदैनन् । यहाँ विवाह भएका नायिकालाई बिर्सिएर नया नया नायिका खोज्ने चलन छ जुन भविष्यलाई राम्रो होईन । हाम्रो योगदानको पनि कदर गर्नुपर्छ त्यसैले हामीलाई लिएर राम्रो कन्टेन्टको साथ चलचित्र बनाउनु पर्ने हो तर यहाँ नया नायिका मात्र खोज्ने चलन छ ।””मलाई चलचित्रमा देखिने रहर भए अहिले पनि चलचित्रमा नायिका बन्न सक्छु तर त्यसरी आएर न मेरो दर्शक खुशी हुनुहुन्छ न मलाई आत्मसन्तुष्टि नै हुन्छ । म राम्रो कन्टेन्ट लिएर आफूलाई चलचित्रमा प्रस्तुत गर्न चाहन्छु र त्यहि कुर्दै बसेकी छु । आशा गरुम म चाडै नै राम्रो चलचित्र लिएर दर्शक सामु आउनेछु ।”बाकी हेर्नुहोस भिडियोमा :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments