22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeराजनीतिनारायणकाजी श्रेष्ठ भन्छन्ःभारतले नेपाली भूमिमाथि गरेको अतिक्रमण विरुद्ध नेपाल सरकारले तत्काल कदम...

नारायणकाजी श्रेष्ठ भन्छन्ःभारतले नेपाली भूमिमाथि गरेको अतिक्रमण विरुद्ध नेपाल सरकारले तत्काल कदम चालोस्


काठमाण्डौं-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमि हुँदै भारतले मानसरोवरसम्म पुग्ने बाटो बनाएकोमा भर्त्सना गर्नु भएको छ।सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता श्रेष्ठले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चाल्नु पर्ने उल्लेख गर्नु भएको छ।भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमा क्षेत्रको नेपाली भुमीमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु।हामी सबै कोरोना बिरुध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको बिरुध सरकारले तुरुन्त कदम चालोस्।भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेपछि भारतविरुद्ध नेपाली जनता आक्रोशित भएका छन्।तर नेपाल सरकारले भने यसबारे हालसम्म औपचारिक रुपमा प्रतिक्रिया सार्वजनिक गरेको छैन।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments