22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियनारायणी अस्पतालको आइसोलेसन कक्षबाटनै फरार २ कोरोना संक्रमित

नारायणी अस्पतालको आइसोलेसन कक्षबाटनै फरार २ कोरोना संक्रमित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका २ कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट बुधबार भागेका भारतीय नागरिकहरुलाई सोही दिन साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

एसपी गंगा पन्तले एक जनालाई तिलाबे पुल र अर्कालाई हरिहरपुलबाट नियन्त्रणमा लिएको जानकारी दिइन् । तीमध्य एक जनालाई हिँडिरहेको अवस्थामा र अर्कालाई मावली घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको उनले बताइन् । दुवै जनालाई नियन्त्रणमा लिएर बुधबार नै नारायणी अस्पतालमा उपचारका लागि राखिएको छ । उनीहरु अस्पतालबाट भाग्नुको कारण भने खुलेको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments