काठमाण्डौं-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकमा चर्काचर्की भएको छ।बैठकमा चर्काचर्की भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट बाहिरिएका हुन्।बैठकमा नेताहरूबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली शयन-कक्षतर्फ लागेको बालुवाटार स्रोतले जनाएको छ।प्रधानमन्त्री ओली १ पद १ मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन्।तर बहुमत सचिवालय सदस्यहरू त्यसको कार्यान्वयन गर्ने पक्षमा देखिएका छन्।प्रक्रिया पूरा नगरी राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी २ अध्यादेश ल्याएपछि ओली घेराउमा परेका छन्।विवादका कारण नेकपाले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाएको छ।स्थायी कमिटी बैठकका एजेण्डा के-के हुन् भनेर आज सचिवालयले निर्णय गर्ने बताइए पनि विवाद झन् बढेको छ।नेकपाको सचिवालय बैठक २० वैशाखमा पनि बसेको थियो।उक्त बैठकमा विवाद मिलेको बताए पनि २ दिनपछि पुनः विवाद सुरु भएको छ।विवादका बीच आज पुनस् सचिवालय बैठक बसेको छ।नेकपाको ९ जनाको सचिवालयमा २० गतेको बैठकमा ओली बहुमतमा थिए भने प्रचण्ड नेपाल समूह अल्पमतमा।तर आज बिहान खुमलटार पुगेर वामदेव गौतमले आफू ओली समूहमा नगएको बताएको समाचार बाहिरिएका छन्।
नेकपा सचिवालय बैठक सकिएलगत्तै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले फेरि छलफललाई निरन्तरता दिएका छन्।स्थायी कमिटी बैठकको समय र त्यसका एजेण्डाबारे सचिवालय बैठक सकिए लगत्तै उनीहरुले एक्ला–एक्लै छलफललाई निरन्तरता दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।प्रधानमन्त्रीसमेत रहेका ओली बैठकबाट-बीचमै निस्केर किन हिँड्नु भएको हो?भन्ने प्रश्नको जवाफमा श्रेष्ठले आफ्नो केही व्यस्तताका कारण देखाउँदै ओली बैठकका पूरा समय नबसेकाे बताएका छन्।याेसँगै अध्यक्ष ओली र दाहालबीच भाेलि पेश गर्ने भनिएकाे राजनीतिक प्रतिवेदनबारे कुरा नमिलेको स्पष्ट संकेत देखापरको छ।यही २० गते शनिबार भएको सचिवालय बैठकमा ओलीले जनाएका आफ्ना प्रतिवद्धताहरु राजनीतिक प्रतिवेदनमा लिपिवद्ध गर्न नचाहेको सचिवालय स्राेतले बताएको छ।शनिबारको बैठकले वैशाख २५ गते अर्थात भाेलि स्थायी कमिटी बैठककाे मिती तय गरेको थियो।त्यसबारे प्रवक्त श्रेष्ठले दुई अध्यक्षबीच छलफल अझै हुन बाँकी रहेको बताएका छन्।
प्रकाशित मिति:बुधबार-वैशाख-२४-२०७७