
गोरखा । नेपालको प्रसिद्ध मनकामना मन्दिरका मुख्य पूजारी इन्सान थापाले बन्दुक प्रहरीलाई बुझाएका छन्। लकडाउनका बेला बन्दुक बोकेर शिकार खेल्न हिँडेको आरोप लागेपछि उनले ब्यक्तिगत सुरक्षाका लागि भन्दै लिएका बन्दुक प्रशासनलाई बुझाएका छन । धार्मिकस्थल मनकामना मन्दिरका मुख्य पूजारी इन्सान थापालाई यस अघि प्रहरीले बन्दुकसहित फेला पारेको थियो । लकडाउनका बेला प्वाइन्ट टु टु नामक बन्दुकसहित शनिबार पूजारी थापा भेटिएका थिए ।
जिल्ला प्रशासन कार्यालयबाट बन्दुकको इजाजत लिएको भएपनि लकडाउनका बेला रातको समयमा हतियार लिएर हिँडेकाले बन्दुक नियन्त्रणमा लिएर उनलाई तारेखमा रिहा गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।