काठमाण्डौँ–नेपालमा सोमबार थप ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा सोमबार थप ३ सय १४ जनामा संक्रमित भटिएको जनकारी दिएका हुन् ।उनका अनुसार २ सय ९४ पुरुष रहेका छन् भने २० जना महिला रहेका छन्।योसँगै नेपालमा ३ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३ हजार ५ सय ६ जना पुरुष रहेक छन् भने २ हजार ५६ जना महिला रहेका छन्।स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार सोमबार २१ जना डिस्चार्ज भएका छन्।डिस्चार्ज हुनेमा २० पुरुष रहेका छन् १ महिला रहेका छन्।देशभर सोमबारसम्म ४ सय ८८ जना डिस्चार्ज भएको उनले जानकारी दिएका छन्।पीसीआर विधिबाट १ लाख ९ सय ७१ नमुनाको परीक्षण गरिएको छ।१ लाख ५६ हजार ९ सय ९१ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ।२४ घण्टाको आवधिमा ४ हजार ७ सय ६६ नुमना पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ११ हजार ९ सय ४२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ।
# कुन-कुन जिल्लामा कति संक्रमित छन् त ?
स्वास्थ्य मन्त्रालयका अनुसार,झापाका ९,सुनसरीका १, मोरङका ९,पाँचथरका १,सप्तरीका ६,धरानका १६,जनकपुरका १५ स्याङजाका १,कास्कीका १,पर्साका ८,बाराका ७,रौतहटका ४,दाङका ४,बाँकेका १,बर्दियाका १८ र दैलेखका १०जनामा संक्रमण पुष्टि भएको हो।यस्तै सल्यानका ५,सुर्खेतका १,अर्घाखाँचीका ३१,गुल्मीका १,कपिलवस्तुका १६, नवलपरासीका २,पाल्पाका १,प्युठानका ८,स्पन्देहीका ५,कपिलवस्तुका ७,महोत्तरीका १२,रौतहटका ७ र सर्लाहीका १०६जना संक्रमित थपिएका हुन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ।यस्तै कोरोना भाइरसबाट अहिलेसम्म ७१ जिल्ला संक्रमित भएका छन्।नेपालमा हालसम्म १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेका छ।