समाचार सम्पादक-कविता कार्की: विश्वव्यापी रुपमा युद्ध-विराम गर्दै आएको कोरोना भाइरसले अहिलेसम्म २ सय १६ वटा देशमा फैलिसकेको छ।त्यसमध्ये नेपाल पनि एक हो।नेपालका ७७ वटा जिल्ला मध्ये ६८ वटा जिल्लामा कोरोना भाइरस फैलिसकेको छ।विश्वभर यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको कुल संख्या ३ लाख ९३ हजार ७ सय ६०जना रहेका छन् भने संक्रमितको संख्या ६७ लाख ३५ हजार १ सय ७४ जना रहेका छन्।यीमध्ये निको हुनेको संख्या भने ३२ लाख ७३ हजार २ सय ८१ जना रहेका छन्।नेपालको सन्दर्भमा भने अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ जना छन् भने संक्रमितको संख्या २ हजार ९ सय १२ जना रहेका छन्।यीमध्ये निको हुनेको संख्या ३ सय ३३ जना रहेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले(कोभिड–१९)को सङ्क्रमणबाट आज थप १ जनाको मृत्यु भएको बताउनु भयो।सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको बताउनु भएको हो।यही जेठ २२ गते मृत्यु भएको हो।उनी यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर जेठ २२ गते घर गएका थिए।योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।यस्तै शुक्रवार(कोभिड–१९)को सङ्क्रमण आज एकैदिन २७८ मा देखिएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.देवकोटाले शुक्रवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ६७ पुरुष र ११ महिलामा सङ्क्रमण देखिएको बताउनु भयो।योसँगै सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय १२ पुगेको छ।आज थप ३ जिल्लामा नयाँ सङ्क्रमित देखिएसँगै ६८ जिल्लामा कोरोना भाइरस फैलिसकेको छ।मन्त्रालयका प्रवक्ता डा.देवकोटाकाअनुसार डिस्चार्ज हुनेको सङ्ख्या ३ सय ३३ पुगेको छ।
नेपालमा शुक्रबार थप २ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ।
अब कुन-कुन जिल्लामा कति संक्रमित छन् त ?
स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका २१,झापाका ३१,मोरङका ६,अर्घाखाँचीका १,नवलपरासीका २,पाल्पाका १,रुपन्देहीका १८,सिन्धुलीका २, बाराका ३,तनहुँका २,भोजपुरका ५,कैलालीका ४,अछामका १,बझाङका १,डढेलधुराका ५,रामेछापका १८,काभ्रेका ५,दैलेखका ९०,गोर्खाका १,सुर्खेतका १,दाङका १,धनुषाका ४,गुल्मीका १,कपिलवस्तुका ४४,कास्कीका १,महोत्तरीका १७ र रौतहटका ६ जना संक्रमित थपिएका हुन्।
गोर्खा,काँस्की र हुम्लामा पहिलो पटक संक्रमण पुष्टि भएको हो।योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या २ हजार ९ सय १२ पुगेको छ।तीमध्य २ हजार ७ सय १७ जना पुरुष छन् भने १ सय ९५ महिला रहेका छन्।
प्रकाशित मिति:शुक्रबार-जेठ-२३-२०७७