28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियनेपालमा एक सातामै कोरोना संक्रमितको संख्या दोब्बर

नेपालमा एक सातामै कोरोना संक्रमितको संख्या दोब्बर


नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । आज मंगलबार (पछिल्लो २४ घण्टा)मा थप २८८ जनामा कोरोना पुष्टि भएर संक्रमितको संख्या २०९९ पुगेको हो ।

नेपालमा जेठ १५ गते कोरोना संक्रमितको संख्या १ हजार नाघेको थियो । त्यस दिन कुल संक्रमितको संख्या १०४२ पुगेको थियो । त्यसको ५ दिन मै संक्रमितको संख्या दोब्बर भन्दा बढी भएको छ । एक साताको अवधिमा १३ सय बढी संक्रमित भएका हुन् ।

आज काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ६१ जिल्लामा संक्रमण पुगेको छ भने ८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments