22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियनेपालमा कोरोनाबाट यस्ता ब्यक्तिहरु सबैभन्दा उच्च जोखिममा छन्

नेपालमा कोरोनाबाट यस्ता ब्यक्तिहरु सबैभन्दा उच्च जोखिममा छन्


काठमाडौं । कोरोना कहरका बिचपनी जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी मा सबैभन्दा कोरोना भाइरसको जोखिम रहेको छ।
एक तथ्याङ्क अनुसार नागरिकको सुरक्षामा दैनिक ड्युटीमा खटिएका सुरक्षाकर्मीहरु बढी जोखिममा देखिएका छन् । लकडाउनको ६० औँ दिनसम्म आइपुग्दा उपत्यकामा मात्रै २ जनामा प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ ।

त्यस्तै अन्य जिल्लामा पनि सुरक्षाकर्मीहरुमा संक्रमण सबैभन्दा बढी देखिएको छ ।यी क्षेत्रमा कार्यरत कर्मचारीहरु उच्च जोखिममा रहेपछि स्वास्थ्य मन्त्रालयले अहिले परिक्षणको दायरा बढाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौंमा २ कपिलवस्तुमा २ धनकुटा र बारामा १/१ जनामा प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यस्तै काठमाडौं, भक्तपुर, सुनसरी र कपिलवस्तुमा १/१ जना सशस्त्र प्रहरीलाई पनि संक्रमण देखिएको छ । प्रदेशन नम्बर २ मा भने नेपाली सेनाका २ जना अधिकारीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै बुधबार मात्रै महानगरीय प्रहरी वृत कालिमाटी अन्तर्गत खटिएका २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यसबाट सुरक्षाकर्मीहरुले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएर मात्र काम प्रहरी प्रधान कार्यालयले सबैलाई निर्देशन दिसकेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments