मन्जुल मितेरीले २०६१ सालमा एक हजार विश्वप्रसिद्ध व्यक्तिका अर्धकदका मूर्ति बनाएर राष्ट्रलाई अर्पण गर्ने महत्वकांक्षी फलामे सपना सार्वजनिक गरेपछि चर्चामा आएका व्यक्ति हुन् । त्यसपछि उनी उक्त फलामे सपना पुरा गर्न लागि परे तर आर्थिक अभाका कारण समयमा नै उक्त अभियान उनले पुरा गर्न सकेनन् । त्यही दौरानमा उनलाई जापानबाट एउटा संस्थाले जापानी चट्टानमा विश्वको २ वर्षभित्र बनेका सबै मूर्तिहरूभन्दा ठूलो बुद्धको मूर्ति बनाउने प्रस्ताव राख्यो ।
उनले निक्कै विचार गरेर उक्त कामलाई एउटा ऐतिहासिक काम गर्ने अवसर ठानेर जापान हानिए । अहिले उनी ३ वर्षदेखि जापानमा उक्त बुद्धको मूर्ति बनाइरहेका छन् । यता उनकी जीवनसंगिनी कौशिला राईले उनको अभियानको लागि ढुङ्गाहरू तास्ने, साइज निर्माण गरेर मूर्ति बनाउनका लागि तयारी गर्ने काम गरिरहेकी छिन । यही दौरानमा छोटो समयका लागि १ महिने छुट्टीममा नेपाल आएमा उनै मञ्जुल मितेरी र उनकी जीवन संगिनी कौशिला राईसँग फलैँचा इन्टरटेन्मेन्टको लागि लिएको अन्तर्वार्ता यसप्रकार रहेको छ ।बाकी हेर्नुहोस भिडियोमा: