28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedनेपाली चलचित्र ‘कमाण्डर’को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)

नेपाली चलचित्र ‘कमाण्डर’को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)

नेपाली चलचित्र ‘कमाण्डर’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक एलआर बिबेक सापकोटाको लेखन,निर्माण र निर्देशन रहेको फिल्म ‘कमाण्डर’ ले मंगलबार राजधानीमा प्रेस भेटघाट कार्यक्रम आयोजना गर्यो । आउदो शुक्रबार अर्थात् १० माघदेखि देशब्यापी एकल प्रदर्शनमा आउन लागेको फिल्ममा भरमार एक्शन, लभ र सेन्टिमेन्टस् रहेको निर्देशक सापकोटाले बताएका छन् । ‘‘कमाण्डर’ मा मनोरञ्जनका साथै देशप्रेमको सन्देश छ,’ प्रेसमिटमा निर्देशक सापकोटाले भने, ‘समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, कालोबजारीलगायतका समाजीक बेथितिबिरुद्धको प्रतिनिधि आवाजलाई फिल्ममा प्रस्तुत गरेका छौ ।’ उनले फिल्म बिसुद्ध मनोरञ्जनको हेतुले निर्माण गरिएको भए तापनि समाजोपयोगी सन्देश समेत प्रस्तुत गरिएको बताए ।

निर्देशक सापकोटाकै लेखन रहेको फिल्ममा अनुपबिक्रम शाही,रबिन तामाङ,साधना सिल्वाल,ध्रुव कोइराला,श्रीराम पुडासैनी, प्रेम शर्मा,दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् । कार्यक्रममा अभिनेत्री साधनाले ‘कमाण्डर’ ‘फूल इन्टरटेन्मेन्ट’ फिल्म भएको बताइन् । पहिला केही म्युजीक भिडियोमा अभिनय गरेको भए पनि यो नै आफ्नो डेब्यु फिल्म भएकाले निकै आशावादी रहेको बताउदै उनले भनिन्, ‘पहिलो प्रयास सक्दो राम्रो गर्ने कोसिस गरेकी छु । आशा छ दर्शकले स्वीकारिदिनु हुनेछ ।’हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments