22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियनेपाली भूमिमै प्रवेश गरी भारतीय सुरक्षाकर्मीले भत्काए सडक

नेपाली भूमिमै प्रवेश गरी भारतीय सुरक्षाकर्मीले भत्काए सडक

वीरगन्ज । पर्साको ठोरीमा नेपाली भूमिमै प्रवेश गरी भारतीय सुरक्षाकर्मीले सडक भत्काएका छन् ।

पर्साको ठोरी गाउँपालिकाको वडा २ र ३ जोड्ने ठुटे खोलाको पुल सञ्चालन गर्न तीन दिन अगाडिमात्र कुलो पुरेर बनाइएको सडक भारतीय सुरक्षाकर्मीले बिहीबार साँझ भत्काएका हुन् ।

भारतीय सीमा सुरक्षा बल, बिहार सहोदर थानाका प्रहरी र सीमावर्ती भारतीय नागरिकले सडक भत्काइरहेको थाहा पाएपछि ठोरीवासी भेला भएर विरोध गरेका थिए ।

केही समयको भनाभनपछि भारतीय प्रहरी र नागरिक फर्केका थिए । भत्किएको सडकमा नेपाली पक्षले पुन माटो पुरेका छन् ।

भारतीयको अवरोधकै कारण पुल निर्माण सम्पन्न भएको २ वर्ष बित्दा पनि प्रयोगमा आउन सकेको छैन । शुक्रबार बिहान वडा एक, दुई र तीनका जनप्रतिनिधि र स्थानीयको भेलाले प्रजिअलाई स्थलगत भ्रमण गरेर समस्याको सामाधान निकालिदिन आग्रह गरेको छ ।

यस सम्बन्धमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले ठोरीको ठुटे खोला पुल सञ्चालनको विषयमा दुबै पक्षबीच छलफल भइरहेको बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments