25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeराष्ट्रियनेपाली ल्याउन १३ वटा अन्तर्राष्ट्रिय उडान हुँदै

नेपाली ल्याउन १३ वटा अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मात्रै पनि १३ वटा अन्तर्राष्ट्रिय उडान हुँदैछन् । मंगलबार र बुधबार पनि १४/१४ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका थिए ।

बिहीबार नेपाल एयरलाइन्सको ४ वटा उडान हुँदैछ भने हिमालय एयरलाइन्सको ३ वटा उडान हुँदैछ । यस्तै श्री एयरलाइन्स, कतार एयरवेज र एयर अरेवियाको पनि २/२ उडान रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

आज नेपालबाट नेपाल एयरलाइन्सको बहराइनमा दुईवटा उडान हुँदैछ । कतारले दोहा, एयर अरेवियाले सारजह, हिमालय एयरलाइन्सले क्वालालम्पुर प्रस्थान उठान गर्नेछ ।

यसैगरी अवुधावी र दोहाबाट हिमालय एयरलाइन्स, कुबेत र नारिताबाट नेपाल एयरलाइन्स, दोहाबाट कतार र सारजहबाट एयर अरेविया तथा चीनको याङ्यनबाट श्री एयरलाइन्स काठमाडौं अवतरण गर्ने समयतालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments