काठमाडौँ । नेपाली सेनाले चीनबाट १८.८४ टन सामान काठमाडौं ल्याईपुर्याएको छ । चीनबाट खरिद गरेको पिपिई, एन–९५ मास्क लगायत १८.८४ टन सामान काठमाडौँ आइपुगेको सैनिक प्रवक्ता विज्ञान देव पाण्डेले जानकारी दिए । नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत चीनको ग्वाङ्जाओबाट सामान ल्याईएको हो ।
सेनाले स्थलमार्गबाट १० कन्टेनरमार्फत ८० टन सामान ल्याइसकेको छ ।
सेनाले ३ सय ४१ टन स्वास्थ्य साग्री ल्याउन चीनसँग १ करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलरमा सम्झौता गरेको थियो । बाँकी सामान आउने तयारीमा छ ।
नेपाली सेनाले चीनबाट ल्यायो सय टन स्वास्थ्य सामग्री
RELATED ARTICLES