काठमाण्डौ-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सांसद भएबापत पाउने एक वर्षको तलब सरकार र विपन्न वर्गलाई दिने घोषणा गरेका छन्।श्रेष्ठ राष्ट्रिय सभा सदस्य पनि हुन्।नयाँ-वर्षको शुभकामना दिने क्रममा नेता श्रेष्ठले एक वर्षको मध्ये २ महिनाको(कोभिड१९)राहत कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन्।शुभकामना सन्देशमा नेता श्रेष्ठले पदप्रतिष्ठा,सत्ताशक्ति र धनसम्पत्तिको सुख क्षणिक हुने पनि बताएका छन्।श्रेष्ठले यस अघि नै संसद् विकास कोषको कुनै औचित्य नभएको भन्दै त्यसलाई तत्काल खारेज गर्न माग पनि गरेका थिए। संसद विकास कोषमार्फत बाँडिने रकम कोभिड १९ कोषमा हाल्न सरकारलाई नेता नारायणकाजी श्रेष्ठले अपिल समेत गर्दै आएका थिए ।