नरेश क्षितिज
धरान, ०३ चैत समाजवादी पार्टी सम्वद्ध नेपाल सुकुम्बासी ब्यवस्थापन संघ धरान ११ नं वडा कमिटीद्वारा सगरमाथा टोल कमिटी गठन भएको छ।
उक्त गठनले बयानसिंह राईलाई अध्यक्षमा चुनिएको छ।सिंहको अध्यक्षतामा १५ सदस्यीय समिति रहेका छन।नवगठित समितिकाे उपाध्यक्षमा गणेश बराईली,सचिवमा सिर्जना विश्वकर्मा,काेषाध्यक्षमा कविता बराईली,सदस्यहरुमा दिपा राई,तेजबहादुर जिमी,देवान राई,मनाेज कालिकाेटे,तिर्थबहादुर विश्वकर्मा,रत्नबहादुर राई,चन्द्रकुमारी गुरुङ,सरिता जिमी,पेमु नुर्वु शेर्पा,गंगा विक र लिलादेवी परियार रहेका छन् । गठनको अवस्थामा संघका ११ नं वडा कमिटीका अध्यक्ष कमल लाेहारकाे अध्यक्षतामा भएको हो।गठन कार्यक्रम धरान उपमहानगर कमिटी अध्यक्ष छत्रबहादुर कालिकाेटे (केशव) काे प्रमुख अातिथ्यमा भएकाे हो। उक्त कार्यक्रममा समाजवादी पार्टी शिल्पी विशेष प्रदेश समिति सदस्य तथा विशेष समिति प्रदेश १ का अध्यक्ष नरेश विश्वकर्मा “क्षितिज” संघका धरान उपमहानगर सािति सदस्य हिराबहादुर राई लगायत पार्टी तथा जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रम संचालन संघका धरान उपमहानगर समिति सचिव पूर्ण (साङ्साेङ्) बान्तवाले गरेका थिए । कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथी छत्रबहादुर कालिकाेटे,विशेष अतिथी नरेश विश्वकर्मा क्षितिज लगायतले नवगठित समितिलाई सफल र उदाहरणीय कार्यकालकाे कामना गर्दै बधाई तथा शुभकामना समेत दिएका थिए ।