26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeसमाचारनेपाल सुकुम्बासी वडा कमिटी गठन         

नेपाल सुकुम्बासी वडा कमिटी गठन         

धरान/ फागुन समाजवादी पार्टी सम्वद्ध नेपाल सुकुम्बासी ब्यवस्थापन संघ धरान उपमहानगर समिति द्वारा अायाेजित एक कार्यक्रमले कमल लाेहार (विक) काे अध्यक्षतामा ११ सदस्यीय नेपाल सुकुम्बासी ब्यवस्थापन संघकाे ११ नं वडा कमिटी गठन गरेकाे छ । नवगठित कमिटीमा अध्यक्ष लाेहार सहित सचिवमा मणिराज विक,काेषाध्यक्षमा बविकला राई सदस्यहरुमा तेजकुमार कालिकाेटे,शान्ता राई,हरिचन्द्र कालिकाेटे,भगवती राई,पुष्प तामाङ्ग,रणबहादुर धमला र कविता लामिछाने रहेका छन् । संघका धरान उपमहानगर समितिका अध्यक्ष छत्र बहादुर कालिकाेटे (केशव) काे अध्यक्षता एवम् संघका १ नं प्रदेश समिति सचिव महेशचन्द्र राजवंशी (माईकल) काे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य कृष्ण लिम्बु,शिल्पी विशेष प्रदेश समिति सदस्य एवम् १ नं प्रदेश शिल्पी  विशेष समिति अध्यक्ष नरेश विश्वकर्मा (क्षितिज) लगायत पार्टी तथा जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रम सञ्चालन संघका धरान उपमहानगर समिति सचिव पूर्ण  साङसाेङ बान्तवाले गरेका थिए ।  कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथी एवम् संघका   प्रदेश समिति सचिव महेश चन्द्र राजवंशी,लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य कृष्ण लिम्बू,शिल्पी विशेष समिति अध्यक्ष नरेश विश्वकर्मा,संघका धरान नगर अध्यक्ष छत्रबहादुर कालिकाेटे लगायतले नवगठित समितिलाई सफल कार्यकालकाे कामना सहित शुभकामना समेत दिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments