23.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedनेवार एकता समाजको बृहत रक्तदान गर्ने

नेवार एकता समाजको बृहत रक्तदान गर्ने

निमा पोङ्स्युवा 

धरान / नेवार एकता समाजले धरानमा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ।

रक्तदान कार्यक्रम बारे होटल रत्न इनमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।नेवार एकता समाजले रक्तदान कार्यक्रम यहि फागुन २१ गते गरिने बताए ।धरानको भानिचोकमा हुने सो रक्तदान कार्यक्रममा १ हजारदेखि १ हजार ५ सय पिन्टसम्म रगत संकलन गर्ने लक्ष्य लिएको छ।समाजले बिगत चार वर्षदेखि निरन्तर रक्तदान कार्यक्रम गर्दै अएकोमा चार वर्ष भित्र जम्मा १५६७ पिन्ट रगत जम्मा गरिसकेको जानकारी दिए।धरानलाई रक्तदाताको शहरको रुपमा चिनाउन समेत रक्तदान कार्यक्रम गरेको कुरा समाजका अध्यक्ष राजेशमान श्रेष्ठले जानकारी दिए।उनले रगत नपाएर कोहि मर्न नपरोस भन्ने भावनाले समेत रक्तदान कार्यक्रम गरेको बताए।रक्तदान बिरामी बचाउन मात्र नभएर बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान जोहाउन पनि रक्तदान गरिएको बताए।ताजा रगतको समेत माग हुने भएकोले नेवार एकता समाजले तत्काल ताजा रगत उपलब्ध गराउनको लागि पनि रक्तदाता रहने बताए।कार्यक्रम बिहान ७ बजेदेखि दिउसो ४ बजेसम्म हुनेछ।रक्तदान कार्यक्रम अवधिभर विभिन्न सांगीतिक कार्यक्रम समेत हुने जानकारी दिए।

एकता समाजका शिला बज्राचार्यले बिगत चार वर्षमा रक्तदान हुँदा आफ्नो पालामा ५५८ पिन्ट रगत जम्मा भएको बताए।यसरी हुनुमा भोट मागे जस्तै सबै ठाउमा गरेको र सांगीतिक कार्यक्रम समेतले माहोल बढाउदा थप रक्तदाता पाईने अनुभव भएको बताए।बज्राचार्यले २४ गते समाजकै आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवस पारेर कार्यक्रम भैरहेको जानकारी दिए।नारी दिवस कार्यक्रम गोर्खा डिपार्टमेन्टको सभा हलमा हुने बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments