27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
Homeस्वास्थ्य र फिटनेसनेवार एकता समाजको रक्तदानमा नयाँ  रेकर्ड

नेवार एकता समाजको रक्तदानमा नयाँ  रेकर्ड

निमा पोङ्स्युवा

धरान / नेवार एकता समाज धरानले रक्तदान कार्यक्रममा संख्या बढाएर नयाँ रेकर्ड बनाएको छ।

धरानको भानुचोकमा गरिएको राक्तदान कार्यक्रममा ६०५ पिन्ट रगत सकल गरेर नयाँ रेकर्ड कायम गरिएको हो। लक्ष्य अनुसारको रगत संकलन नभए पनि उत्साहजनक रगत संकलन भएको कुरा नेवा देय दबु अध्यक्ष धरानका मनोहर शाक्यले जानकारी दिएको हो।समाजले यस अघि चौथो पटक रक्तदान गरेका मध्ये सबै भन्दा बढी ५५८ पिन्ट रगत संकल गरेका थिए।यसपटक समाजले एक हजारदेखी एक हजार पाँच सय पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेका थिए।चार वर्षमा १५६७ पिन्ट रगत संकलन गरेको छ भने यो संख्या अब २१७२ पिन्ट पुगेको छ।

सातौ वार्षिक उत्सबको अवसर पारेर समाजले रक्तदान कार्यक्रम गरेको हो।रक्तदान कार्यक्रमको औपचारिक रुपमा धरान उपमहानगरका मेयर तिलक राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।राजेशमान श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको रक्तदान कार्यक्रममा आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरिएका थिए।बिहान ७ बजेबाट शुरु गरिएको रक्तदान कार्यक्रम दिउसो ५ बजेसम्म चलेका थिए।रक्तदान कार्यक्रममा धरानमा रहेका उच्च माबिका विद्यार्थीहरुले उल्लेख रुपमा सहभागी जनाएका थिए।नेवार एकता समाज धरानका महासचिव दिपेन्द्र कसजुका अनुसार २ सय पिन्टबढी रगत उच्च माबिका विद्यार्थीबाट संकलन भएको जानकारी दिए।दिनभर नै चलेको रक्तदान कार्यक्रममा गरिमा डान्स सेन्टरको नृत्य समेत प्रस्तुत गरिएका थिए।धरानलाई रक्तदाताको सहर बनाउने उद्देश्यले पनि रक्तदान गरिएको हो।रगतको अभावमा कोहि नमरुन भन्दै बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान बचाउन समेत रक्तदान गरिएको कुरा समाजका अध्यक्ष राजेशमान शाक्यले जनाएको छ।

रक्तदानपछी प्रमाणपत्र सहित सामुहिक तस्बिर खिचाउदै बालिका स्कुलका विद्यार्थीहरु

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments