23.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeविविधनौबिसेपारीको अनौठो घर बन्यो होटल !!(भिडियो)

नौबिसेपारीको अनौठो घर बन्यो होटल !!(भिडियो)

पृथ्वी राजमार्ग हुँदै यात्रा गर्दा पारिपट्टी भित्तामा देखिने यो घर टाढाबाट हेर्दा एक्लो देखिन्थ्यो तर थियो आर्कषक । त्यसैले यो घरमा युवा होटल व्यवसायी सहजनाथ खड्काले सम्भावना देखे । अनि सोचे र बनाए, परिवार, साथीभाई र आफन्त भेटघाट भएर रमाईलो गर्दै बिदा मनाउने गज्जबको गन्तव्य । सुन्दर घर, सानो अनि सुखी परिवार, हरेक मानिससँग हुन्छ, यस्तै रहर । घरका हरेक कोठाबाट देखिन्छ पारिपट्टीको सुन्दर गाउँ । अनि राजमार्गमा आफ्नै सुरले हुँकिएका सवारी साधान ।

खेतबारी अनि आँगनै मुनी सुसाउँदै बगिरहन्छ खोला । चराको चिरबिर, हरियो रनवनको स्वच्छ हावा, यहाँ बिताएका पलहरु जो कोहीको लागि अविश्मरणीय रहला । हुन त यो घर एउटा परिवार बस्नका लागि बनाईएको हो । यद्यपि, कोठाहरु थुप्रै छन् । परिवारका लागि विशेष कोठाको व्यवस्था छ । थुप्रै साथीभाई जमघट भएर बस्नका लागि त्यही अनुसारका कोठाहरु बनाईएका छन् । होटललाई अझै व्यवस्थित र बृहत् बनाउने थुप्रै छन् योजना ।यो घरका घरमुलीलाई राजमार्गले तान्यो । बालबच्चा पढ्न जानका लागि समस्या थियो । सजिलो भयो । तर, यो घर एक्लो भयो । यद्यपि, अहिले पाहुना आउँदा, घर उज्यालो देख्दा, घरबेटी पनि दंग छन् । बाकी हेर्नुहोस भिडियोमा:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments